डी फर ……डाङडुङ
एकछिन यी संवादहरू सुनौं:
–‘वर्तमान परिपे्रक्ष्यमा हाम्रो काम नै भएन, के गर्नै ? ’
–‘के गर्नै नि ? काम छैन भन्दैमा ‘पाडो’ कन्याएर बस्नु भएन ।’
–‘पाडो त जनजातिहरूले पो कन्याउँछन् । हामी बाहुनले ऋचा पढ्ने हो ।’
–‘ऋचा पनि के पढ्ने ? कहिल्यै कण्ठस्थ हुँदैन ।’
–‘त्यसो भए अंग्रेजी पढौं ।’
उनीहरू यसपछि पढ्न थाले :
–ए फर……अदालत
–बी फर……वैद्य
–सी फर…..चक्काजाम
–डी फर ……डाङडुङ
पढ्दापढ्दै उनीहरूले पाठ कण्ठस्थ गरे । अदालततिर शासन गएपछि फुर्सदमा रहेका उनीहरू वैद्य, चक्काजाम र डाङडुङलाई कसरी व्यवस्थापन गर्ने ? चिन्ता र चिन्तनमा डुबै केहीबेर ।
वैद्य जसलाई उनीहरूले राम्ररी चिन्दथे । तर, समय यस्तो रहेछ चिनेर कहा“ हु“दो रहेछ । चिन्नुभन्दा जान्नुपर्ने रहेछ । जान्दा धेरै कुरा जानिने । जान्दाको फाइदा प्रशस्त रहेछ । उनीहरूले यस्तै निचोड निकाले ।
‘यही बन्द हड्ताल ,चक्काजाम जानेर नै हो । हामीले सत्ता नलिएको ।’ कामरेड माधवले प्याच्च भने ।
‘मैले त सत्ता चलाउन नजानेर छाडेको हु“ । ’
कामरेड झलनाथले विचार पोखे ।
‘मैले त तपार्इंहरूकौ हालत जानेरै मोह नदेखाएको हु“ ।’ओलीले थपे ।
जान्ने र नजान्ने विषयवस्तुमा उनीहरूले यस्तो अभिव्यक्ति दिए ।
‘ल… ल… साथीहरू हो, हामी मात्रै कुरा नगरौं । ऊ उताबाट कांग्रेसी साथीहरू आउ“दै छन् । चुप लागौं एकैछिन ।’ विष्णु पौडेलले भने ।
हरूवा जुवाडे शैली र स्वरूपमा थिए, उताबाट आएका नेतात्रय कोइराला, देउवा र पौडेल । एउटा सभापति अर्का वरिष्ठ नेता र तेस्रो पार्टी उपसभापति । अनुहार र अवस्था भने मनोनीत दिलबहादुर, गोपाल पहाडी र राजन पन्तको भन्दा गए गुजे्रको देखिन्थ्यो । उनीहरू एमाले हुलमा मिसिए ।
‘किन कोइराला जी † तपाई त टेन्सनमा हुनुहुन्छ ?’ ओलीले बस्न नपाउ“दै सुशीललाई सोधे ।
‘त्यो मोरो अर्जुननरसिंहले साह्रै नमीठो गरी मिटिङमा के के भन्यो भन्यो ।’ कोइरालाले इमानदारिताको नमुना देखाउ“दै बोले । ‘कुन विषयमा ? हामीले जान्न मिल्छ की ?’ माधव कामरेडले खुसुक्क सोधे ।
‘अरू के हुन्थ्यो उही अदालती शासन र रेग्मी प्रशासनको निह“ु न हो ऊ भन्दै थियो तपाईंहरूले हामीहरूलाई फसाउनु भयो रे । ’ कोइरालाको सट्टा पौडेलले जवाफ दिए ।
‘के भन्नुभयो तपाईंहरूले जवाफमा ?’ यसपटक बोले झलनाथ ।
‘के भयो नि ? उनीहरूको ज्वाँइ“ ससुरा मण्डली हाम्रा कुरा सुन्दै सुन्दैनन् । खासमा ऊ पद नपाएर रिसाएको न हो ।’ देउवाले बोले ।
‘ल…ल.. भयो–भयो । आफ्नो पार्टीका कुरा नगरौं । सबैमा त्यस्तो विजोक छ, हामी पनि यहा“स“गै मात्र बसेका हौं । मन चाहि“ हाम्रो पनि कहा“ मिलेको छ र † सामूहिक कुरामा जाऊ“ । अब यो अख्तियारको बारेमा के गर्ने ? केपीले छलफल सुरु गरे ।
‘अख्तियारको नियुक्तिको छलफल भन्दा वैद्यहरूको बन्द र विरोधमा के गर्ने ? त्यसमाथि मन्थन गरौं ।’ कांग्रेसी पौडेलले बोले ।
‘वैद्यको विरोध र बन्दमाथि त सरकारले कुरा गर्ला नि ।’ एमाले विष्णु पौडेलले जवाफ दिए ।
‘वास्तवमा सरकारसँग भन्दा बरु प्रचण्डस“ग यो कुरा गर्न पाए उनैले मिलाउ“थे ।’ सुशील बोले । प्रचण्डले मिलाउने कुरो सुनेपछि पारो चढ्यो माधव र झलनाथ कामरेडको । अनि नमिठो माने ओलीले पनि । यो ‘बढी ल्याङ्गोइज’ बुझेर देउवाले भकभके शैलीमा थपे ,‘ वैद्यलाई म मिलाउ“छु ।’
‘मिलाउनुहुन्छ तपाईंले ?’ ओठ लेप्राए ओलीले र थपे, ‘२०५२ सालमै मिलाइदिएको भए आज यस्तो हुन्थ्यो ?’
ओलीको कुरा सुनेर देउवा ठकुरी पारामा उफ्रिए, ‘तपार्इं जान्ने भएर नचाहि“दो कुरा नगर्नुस । अन्यथा यो सहकार्य हुन सक्दैन । ’
‘जान्ने मान्छेले जान्ने कुरा नगरे नजान्नेले कहा“ कुरा गर्न सक्छ त देउवाजी † सहकार्य त हामीलै बाध्य भएर गर्नैपर्छ । हेर्नुस…. अहिले वैद्यलाई व्यवस्थापन गरिएन भने …..। ओली बाल्दै थिए, बीचमै पौडेलले बाले, ‘तपाई जान्ने मान्छे भैहाल्नुभयो गर्नुस् न के–के गर्नुपर्छ आफैं ।’
उनीहरू संवाद सुन्दासुन्दै दिक्क भएका भीम रावल जुरुक्क उठे र दुवै हातको इसाराले चुप रहन अनुरोध गर्दै भने, ‘वास्तवमा हामी कोही पनि जान्ने मान्छे होइनौं साथीहरू † जान्ने भएको भए हामी झारफुकको उपाय खोजेर वैद्यलाई नै ठीक गथ्यौं । मलाई लाग्छ हामीमा अझैं सत्ताको भूत सवार छ ।’
सायद कुरो ठीकठीकै गरे होलान रावलले । माहोल शान्त बन्यो । तर गठबन्धन गर्नै उनीहरूको सल्लाह भने फेरि अधुरै रह्यो ।
No comments:
Post a Comment