UNE ACTUALITÉ INSOUPÇONNÉE
UNE ACTUALITÉ INSOUPÇONNÉE
Le Népal subit aujourd'hui plus d'un envahisseur idéologique. Les maoïstes ne sont pas les seuls conquérants de ces âmes isolées. Le christianisme fait ravage à Katmandou et dans certaines régions himalayennes.
"ARE YOU BELIEVERS?"
Le nombre d'églises ne cesse de croître et on estime que les convertis sont désormais plus d'un million. Parmis le déluge de missions, la believers church est particulièrement prosélyte.
JESUS VS BUDDHA
A la frontière du Tibet, la région du Ganesh Himal est le théatre, ces dernières années, d'une christianisation massive de ses habitants Tamangs. Le Népal est-il prêt à troquer ses dieux pour le sang et le corps du Christ?
भारतबाट धपाइएपछि नेपालमा प्रवेश
धर्मनिरपेक्ष छिमेकी मित्रराष्ट्र भारतले बस्न नदिएपछि इसाईहरूको बहुचर्चित सहयोगी संस्था ‘डेनिस चर्च एड’ले आफ्नो क्षेत्रीय कार्यालय नेपालमा सारेको छ। सन् असीको दशकदेखि भारतका विभिन्न राज्यमा फैलिएर सहयोग गर्दै आएको डेनिस चर्च एडले नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालयबाट नेपाल र बंगलादेशसमेत हेर्दै आएको थियो। सन् २०१२ मा भारत सरकारले ‘अब हामीलाई तपाईंहरूको सहयोग पुग्यो, तपाईंहरूले उठाउँदै आएको मुद्दामा काम गर्न भारत सरकार र यहाँका जनता आफैँ सक्षम छन्’ भनेर धन्यवादसहितको पत्र दिएपछि यो संस्थाले आफ्नो मुकाम काठमाडौंलाई बनाउने निर्णय गरेको हो। काठमाडौंमै रहेर बंगलादेश पनि हेर्ने गरी क्षेत्रीय कार्यालयको व्यवस्थापन कार्य अहिले जोडतोडले भइरहेको छ। भारतका उडिसा, राजस्थान, पश्चिमबंगाल, बिहार, असाम, तमिलनाडु र आन्ध्र प्रदेशमा डेनिस चर्च एड कार्यरत थियो।
गरिब र सीमान्तकृतहरूका बीचमा काम गर्ने उद्देश्य राखेको यो ‘अन्तर्राष्ट्रिय’ संस्थाले दैवी प्रकोप र खाद्य सुरक्षालाई मुख्य कार्यक्षेत्र बनाए पनि नेपालमा भने सुरक्षित वैदेशिक रोजगारलाई पनि आफ्नो कार्यक्षेत्र बनाएको छ। नेपालमा खर्च गर्न यो वर्ष (सन् २०१३) मा ६ महिनाका लागि १९ लाख ५० हजार युरो अर्थात् नेपाली रुपैयाँ २२ करोड ६२ लाख ३० हजार छुट्याइएको छ। उक्त रकमबाट १० लाख २० हजार मानिसले प्रत्यक्ष फाइदा पाउने संस्थाको वेबसाइटमा उल्लेख गरिएको छ। नेपालमा मिडियाको बिशेषगरी एफएम रेडियोहरूको तीव्र विकास गर्न र ती एफएमहरूमा कार्यक्रम विस्तार गर्नमा इसाईहरूको ठूलो भूमिका छ। राजधानी र जिल्लाका विभिन्न एफएमहरूमा क्रिश्चियनहरूको सहयोग रहँदै आएको छ। रेडियो नेपालमा समेत कार्यक्रममार्फत उनीहरूले दह्रो उपस्थिति जनाउँदै आएका छन्। असाक्षरहरूलाई समेत प्रभावित बनाउन सहज हुने भएकोले इसाईहरूले धर्म प्रचारका निम्ति एफएमलाई लक्षित गरेका हुन्। अहिले वैदेशिक रोजगारी घरघरको कहानी बनेको छ। यसले निम्त्याएका सुखद, दुःखद दुवै कुरामा खेल्न सजिलो हुने भएकोले वैदेशिक रोजगारीको आडमा धर्म प्रचार गर्नु क्रिश्चियनहरूले उपयुक्त ठानेका छन्। डेनिस चर्च एडले नेपालमा काम गर्ने क्षेत्रमध्येको एउटा वैदेशिक रोजगारी भनी उल्लेख गरेको छ जुन कुरा भारत र बंगलादेशमा गरिएका वा गरिने कार्यक्रममा समावेश छैन।
नेपालमा गणतन्त्र आएर मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेयता सात हजार पाँच सय चर्चको स्थापना भइसकेको छ। विभिन्न दुर्गम जिल्लादेखि लिएर शहर हुँदै सीमा क्षेत्रहरूमा समेत चर्च बनेका छन्। हिमाली क्षेत्रहरूमा गुम्बाभन्दा चर्चको सङ्ख्या बढ्दै गएको छ। २०६८ को जनगणनामा बुद्धिष्ट धर्मावलम्बीहरूको सङ्ख्या दुई प्रतिशत कम हुनुमा क्रिश्चियन धर्मको प्रभाव बढ्नु नै एक मात्र कारण रहेको मानिन्छ। नेपालमा जनजाति र दलित वर्गलाई क्रिश्चियनहरूले विशेष लक्षित गर्ने गरेका छन्। भारतलगायतका मुलुकले प्रवेश निषेध गर्न थालेपछि नेपाल अहिले यसप्रकारका संस्थाहरूका लागि स्वर्गझैं बनेको छ। डेनिस चर्च एडको विशेष आगमनपछि नेपालमा इसाईकरणको प्रक्रिया तीव्र हुने विश्वास गरिएको छ। धर्मनिरपेक्ष भारतमा अटाउन नसकेको संस्थाले नेपालमा सहज प्रवेश पाउनुले नेपाली राजनीतिक नेतृत्व तथा निजामती सेवाको उच्च तहमा उनीहरूले बलियो पकड जमाइसकेको सङ्केत गरेको छ। नेपाली राजनीतिक नेतृत्व तथा निजामती सेवाको उच्च तहमा सबैजसो बाहुनहरुनै रहेका छन्, अब उनिहरुले पैसाको निम्ती भए पनि आफ्नो खुट्टामा आफैले प्रहार गर्ने छन । किनकी नेपालको बाहुनहरु पद, पैसा र सेक्सको निम्ती जे पनि गर्न तयार छन् ।
जोरपाटीमा इसाई आतङ्क, कुनै पनि बेला दङ्गा हुन सक्ने
मानव जातिको कल्याण गर्ने दाबीसहित प्रवचन गर्दै हिँड्ने केही इसाईका कारण जोरपाटी गाविसका बासिन्दा घर छोडेर बसाइँ सर्न बाध्य हुने स्थिति बनेको छ । जोरपाटी गाविस- ६ र ४ को सिमाना छुट्याउने छहारी टोलमा होटल सञ्चालन गर्ने स्वीकृत लिई बनाइएको भव्य भवनमा जबर्जस्ती चर्च सञ्चालन गरेपछि जोरपाटीका बासिन्दाले सास्ती व्यहोर्नुपरेको हो । होटल सञ्चालन गर्न भन्दै जोरपाटी गाविसबाट नक्सापास गरिएको भवनमा कोरियाली नागरिक सोङ जेले इलोहिम होटल एन्ड रेस्टुरेन्ट सञ्चालन गर्ने अनुमति लिएका थिए । तर, उक्त भवनमा होटल सञ्चालन नगरी एक्कासि चर्च सञ्चालनमा ल्याइयो र थालियो इसाई धर्मको प्रचार-प्रसार गर्न । जोरपाटी छहारी टोलका एक स्थानीयका अनुसार भवन बन्ने क्रममा पनि होटल सञ्चालन गर्ने र त्यसमा स्थानीयलाई रोजगारी लगाउनेसम्मको आश्वासन होटल सञ्चालकले दिएका थिए । ‘होटल सञ्चालन हुन त परै जाओस् भवन राम्रोसँग बनी नसक्दै ठूला माइक जडान गरेर इसाई धर्मको प्रचारप्रसार गर्न थाले त्यसले यहाँको शान्तपूर्ण वातावरणलाई निकै तनावपूर्ण बनायो ।’
चर्चका वर्तमान सञ्चालक तेजेन्द्र गौतम पनि आफूहरूले होटल सञ्चालन गर्ने भनिएकै घरलाई नै चर्च बनाइएको स्वीकार गर्छन् । उनले भने, ‘होटल बनाउने भनेर कोरियाली नागरिकले भवन बनाएका थिए तर, राजनीतिक अस्थिरता, बन्द, हडतालजस्ता कारणले होटल सञ्चालन हुन सकेन र हामीले उक्त भवन भाडामा लिएर चर्च सञ्चालन गरेका थियौँ, अहिले हामीले किनेर चर्च सञ्चालन गरेका हौँ । तर, केही स्थानीयको विरोधले चर्च सञ्चालन हुन नसक्दा आस्थामाथि आघात पुगेको छ ।’ गौतमले थपे, ‘हामी छिट्टै चर्च सञ्चालन गर्न चाहन्छौँ र सहज रूपमा चर्च सञ्चालन गर्न दिइएन भने त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ, यसबारेमा सम्बन्धित सबै पक्षको चासो गम्भीर बनोस् ।’ चर्च सजिलै सञ्चालन गर्न नदिए चर्चमा आबद्ध १५ हजारभन्दा बढी सदस्य आक्रोशित हुने र त्यसबाट जस्तो पनि परिणाम आउन सक्ने चेतावनी गौतमले दिएका छन् । प्राप्त जानकारीअनुसार गौतमले स्थानीयवासीहरूसँग हामी सरकारी निर्णय मान्दैनौँ, हिन्दू धर्मावलम्बीहरूलाई जस्तोसुकै असर परे पनि हामीलाई मललब छैन, जहाँ गएर जे गर्न सक्छौ गर भन्दै सञ्चालक गौतमले स्थानीयवासीलाई चेतावनी दिएका छन् ।
चर्च सञ्चालक गौतमले चर्च सञ्चालनका लागि जस्तोसुकै ठूलो शक्तिकेन्द्र धाए पनि होटल चलाउन बनाइएको भवनमा चर्च सञ्चालन गर्न नदिने भन्दै स्थानीय बासिन्दाहरू विरोधमा उत्रने तयारी गरिरहेका छन् । जोरपाटी क्षेत्रमा मात्र पचासभन्दा बढी चर्च सञ्चालनमा रहेको र जोरपाटीकै वातावरण कोलाहलमय बनाएको, दिनमा १०/१५ पटकभन्दा बढी इसाईसम्बन्धी लेखिएको पुस्तक दिन भन्दै जबर्जस्ती घरमा छिर्ने र परिवारका सदस्यलाई तनाव दिने गरिएको स्थानीयवासीको भनाइ छ । उनीहरू भन्छन्, ‘यतिबेला जोरपाटीमा इसाईआतङ्क मच्चिएको छ, सरकार गम्भीर नभए विशाल दङ्गा हुनसक्छ र उक्त भवनमा पुनः चर्च सुरु गरे भारतको अयोध्याकाण्डजस्तै अर्को काण्ड मच्चिने खतरा देखिन्छ ।’
जोरपाटी गाविसका सचिव लक्ष्मण बरालले जोरपाटी छहारीमा होटल बनाउन भनी निर्माण गरिएको भवनमा उद्देश्यविपरीत चर्च सञ्चालन गरिएको बताए । उनले भने, ‘उक्त भवन बनाउँदा होटल सञ्चालन गर्ने भनी नक्सापास गरिएको थियो, तर होटल सञ्चाल नगरी चर्चको केन्द्र बनाइएकोले स्थानीयावासीले विरोध गरिरहेका छन् ।’ सचिव बराल पनि उक्त भवनमा चर्च सञ्चालन भए स्थितिले भयावह रूप लिने बताउँछन् ।
स्थानीयवासीका अनुसार भवन बनिनसक्दै माइकबाट चर्को श्वरमा हरेक दिन प्रवचन र भजनकीर्तन गरी ध्वनि प्रदूषण र भीडभाड बढाइएको थियो । ‘स्थानीयस्तरको विरोधलाई कुनै वास्ता नगरी बिहानदेखि रातको ११ बजेसम्म एकोहोरो प्रवचन र भजनकीतनमात्र गर्न थालेपछि हामीले गाविस कार्यालय, बौद्ध प्रहरी कार्यालय, काठमाडौं जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा कानुनविपरीत सञ्चालित चर्च बन्द गर्न भन्दै उजुरी दियौँ,’ बौद्ध छहारी क्लबका एक सदस्यले भने, ‘त्यही उजुरीका आधारमा ०६७ जेठ २३ गते जिल्ला प्रशासन कार्यालयमा तत्कालीन जिल्ला प्रशासन प्रमुख, सभासद् चक्रबहादुर ठकुरी, एसपी रमेश खरेल, चर्च सञ्चालक र स्थानीय बासिन्दाबीच भएको संयुक्त छलफलबाट उक्त चर्च बन्द गर्ने निर्णय भएको थियो ।’ सतर्कता केन्द्रले पनि ०६७ असार १ गते इलोहिम होटल एन्ड रेस्टुरेन्ट प्रालिले स्वीकृत उद्देश्यविपरीत कार्य गरेको देखिएकोले त्यस्तो उद्देश्यविपरीत कार्य बन्द गराई सतर्कता केन्द्रलाई जानकारी गराउन भनेको थियो । जिल्ला प्रशासनमा भएको छलफलको निष्कर्ष तथा सतर्कता केन्द्रको निर्णयका आधारमा चर्चको सम्पूर्ण गतिविधि बन्द भएको थियो । तर, केही महिनापछि पुनः चर्च सञ्चालनमा ल्याइएको स्थानीयवासीको भनाइ छ । सम्बन्धित निकायको निर्देश र स्थानीयवासीबीच भएको सहमतिका आधारमा बन्द गरिएको चर्चका सम्पूर्ण गतिविधि पुनः सञ्चालनमा ल्याएपछि सहमति विपरीत चर्चको गतिविधि सञ्चालन गरेको भन्दै स्थानीयवासी र चर्चका सञ्चालकहरूबीच कुटाकुटसमेत भएको थियो । दुई पक्षबीच भएको झडपमा चर्च सञ्चालकहरूले हानेको ढुङ्गा लागी बौद्धका तत्कालीन प्रहरी कार्यालय प्रमुख गोविन्द परियारको टाउको फुटेको थियो । चर्को विरोधका बाबजुद चर्च सञ्चालन गरेको भन्दै स्थानीयवासी एवम् छहारी युवा क्लबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए । उक्त उजुरीका आधारमा अख्तियारले पनि उद्देश्यविपरीत कार्य भएकाले उक्त कार्य तत्काल बन्द गर्न निर्देशन दियो । अख्तियारको निर्देशनपछि बन्द रहे पनि दर्जनभन्दा बढी कोरियाली उक्त भवनमा जम्मा भई फेरि उस्तै होहल्ला सुरु गर्न थालेका छन् ।
स्मरणीय छ, मुलुकमा माओवादीको उत्थानसँगै इसाईहरूको गतिविधिमा अतुलनीय ढङ्गमा तीव्रता आएको छ । उनीहरूमाथि पैसाको बलमा धर्म परिवर्तन गर्ने गरेको आरोप लाग्दै आएको छ । इसाईहरूले माओवादी आफ्नो संरक्षक हुनसक्ने ठान्दै आएका छन् ।
यस्ता छनमन्डी ओडेर घिउ खानेहरु
मनग्गे पैसा कमाउनका लागी कुन पेसा अपनाउनु पर्ला ? कसैको जवाफ आउला राम्रो जागिर खानु पर्छ, कसैले भन्लन डाकटर ईन्जिनियर पाइलट बन्नु पर्छ, केहिले सुझाउलन राम्रो ब्यपार ब्यवसाय गर्नु पर्छ । त कसैको तर्क होला नेता बनेर भ्रष्टाचार गर्नु पर्छ । सायदैले सल्लहा देलान् धर्मकर्म गरेर अथाह रकम हात पार्न सकिन्छ भनेर । हुन पनि हो, निस्वार्थी भएर समाजसेवामा लाग्ने वा भगवानप्रती मात्रै भक्तिभाव देखाउनेहरुले कहिल्यै पैसाप्रती राज गर्न सक्दैनन् ।
यद्दपी हात्तिको देखाउने दाँत र चपाउने दाँत फरक फरक हुन्छ भनेजस्तै मुकुन्डोचाँहि एउटा भिरेर कार्य अर्कै गर्नेहरु भने आर्थिक रुपमा सम्पन्नसाली नै बन्छन् । हो ठिक यस्तै भएको छ लालितपुरको कुसुन्ती स्थित इसाई धर्मावलम्बिहरुको एउटा चर्च पनि । दर्तासमेत नगरि गैर कानुनी रुपमा खोलिएको नेपाल लाईफ वर्ल्ड मिसन नामक संस्थाले सो चर्च संचालन गर्ने ठेक्का लिएर मासिक लाखौ रकम कुम्ल्याई रहेको छ ।
श्रोतका अनुसार दात्री संस्था र इसाई धर्मा प्रती आस्थावन बिदेशीहरुले पठाईदिएको रकममा सिमित ब्यक्तिले मोजमस्ती गरिरहेका छन् । बिशेषत नेपालमा इसाई धर्मको प्रचार-प्रसार गर्न प्रशिक्षण दिने पास्टरलाई तलब खुवाउन तथा कार्यलय संचालन र आवश्यक भौतिक सामग्री खरिद गर्नका लागी भनी कोरिया लगायत देशबाट आएको रकम आफुनिकट केहि पास्टरलाई निश्चित बितरण गरी बाँकी बिभिन्न शिर्षकमा कार्यसमितिमा रहेको ब्यक्तिलाई भाग बन्डा लाउने गरिएको स्रोतको दाबी छ । सो कार्य समितिमा जेबी समाल खाती र प्रेम कार्की लगायतको ब्यक्तिहरु रहनु भएको छ । उहाँहरुको भेदभाव पूर्ण ब्यवाहार र आर्थिक हिनामिनाको बिरोध गर्दै अहिले अधिकांश पास्टर बाहिरिएका छन्।
उसो त ब्यापक बिरोध बढे पछि २०६८ असोज २६ गते नेपाली ईसाई मोर्चाको संयोजकत्वमा नेपाल लाईफ वर्ल्ड मिसनको बिबाद समाधान गर्न छलफल र निर्णय भएको पनि देखाईएको छ । सो निर्णयमा उल्लेख गरेअनुसार गाडी देखी कार्यालयको भौतिक सामाग्री समेत कार्यसमितिको ब्यक्तिको नाममा राखिएको छ भने बिदेशबाट पठाईएको मोटो रकमको कारोबार स्ट्यान्डर्ड चार्टर्ड बैंक मार्फत गरिएको छ । त्यतिबेला सम्म उपत्यकाको काठमाण्डौ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा गरी ५८ जना पास्टर रहेको र उनिहरु तलबी भएको देखाईएको छ । यसरि देखावटी रुपमा धार्मिक ब्यक्ती बनेर प्रमेश्वरको नाम भजाउँदै आर्थिक दरिद्रता राख्ने ब्यक्ती माथि राज्यले कस्तो ब्यवहार गर्ला त्यो भने चासोको बिषय बनेको छ ।
No comments:
Post a Comment