किन कुदे कनकमणि दैलेखतिर ?
सुर्खेत, माघ ५ – पत्रकार महासंघले पत्रकारहरूको सुरक्षामा चिन्ता र चासो जनाउँदै हत्या गरिएका कृष्ण सेनदेखि डेकेन्द्र थापासम्म र बेपत्ता पारिएका मिलन नेपालीदेखि प्रकाशसिंह ठकुरीको घटनाको वास्तविकता थाहा पाउन र दोषीमाथि कारबाही गर्न उच्चस्तरीय न्यायिक आयोग गठनका लागि श्रमजीवी पत्रकारहरू सडकमा भौंतारिरहेका बेला पत्रकारको कभरमा भएका भयानक खेलको पर्दाफास भएको छ । द्वन्द्वकालमा मारिएका तत्कालीन रेडियो नेपालका संवाददाता डेकेन्द्रराज थापाको मुद्दाले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चा पाइरहेका बेला हाम्रा संवाददाताले दैलेख पुगेर घटनाको विस्तृत रिपोर्ट तयार पारेका छन् । सो क्रममा प्राप्त भएको सूचनाले आश्चर्यजनक र रहस्यमय तथ्य उजागर गरेको छ ।
एक प्रहरी जवानका अनुसार थापा २०६१ मा तत्कालीन विद्रोहलाई दमन गर्ने शाही सरकारको दूतको रूपमा काम गर्दथे । तत्कालीन राजा ज्ञानेन्द्रको भ्रमणको बेला उनी कार्यक्रमको उद्घोषकसमेत भएका थिए । सोही क्रममा उनी माओवादी नियन्त्रणमा परे र सोही अवस्थामा उनको हत्या भएको समाचार सार्वजनिक भयो । एक महिनासम्म उनी नियन्त्रणमा रहे । जीवित रह“दासम्म तत्कालिन पत्रकार महासंघलगायतले आन्दोलनको प्रभावकारी कार्यक्रमनै राखेन । अन्य मानव अधिकारवादीहरुले पनि उनको खोजी गरेनन् । उनी मारिएको समाचार बाहिर आएपछि भने उनको लासमा राजनीति गर्ने र एनजीओ÷आईएनजीओले द्वन्द्वको नाममा डलरको खेती गर्ने होडबाजी नै थाले ।
आरोपीहरू कसरी पक्राउ परे ?
थापा हत्याका आरोपी मानिएका द्वारी–१ का लक्षीराम घर्ती नाटकीय र अस्वाभाविक रूपमा पक्राउ परे । पक्राउ पर्ने कुरा अघिल्लो दिननै सुर्खेतका केही मानवअधिकारकर्मी भनिने एनजीओका मान्छेहरूलाई थाहा थियो । एउटा संस्थाले त अघिल्लै दिन घर्ती पक्राउ परे भनेर रिपोर्टसमेत लेखिसकेको थियो । सूत्रका अनुसार दैलेख प्रहरीले गिरफ्तारीको खबर व्यवस्थित रूपले सम्प्रेषण गर्न र कारबाहीका लागि दबाब सिर्जना गर्न भनेर पूर्वनिर्धारित कार्यक्रम तयार गरेको थियो । भनिन्छ, डलरको खेती गर्ने एनजीओले समाचारहरु पनि त्यही अनुसार संप्रेषण गर्न मोटो रकम खर्चेको थियो । सोही अनुसार अभियुक्तको बयान सार्वजनिक नहुँदै डेकेन्द्रलाई ज्यू“दै खाल्डोमा हालियो भनेर समाचार लेखिएको थियो ।
घर्ती को हुन ?
लक्षीराम घर्ती युद्धकालमा माओवादी प्रवेश गरेका कांग्रेसका कार्यकर्ता हुन् । माओवादीलाई बदनाम गर्न डेकेन्द्रको केश उपयुक्त ठानी हिजोका कांग्रेस र नागरिक अगुवा भनिने कनकमणि दीक्षित जस्ताले घर्तीलाई प्रभावमा ल्याउन लामो समयदेखि प्रयास गरिरहेका थिए । त्यसै क्रममा पक्राउ पर्नुभन्दा एक महिनापहिले काठमाडौंमा एक पत्रकारले डेकेन्द्रसम्बन्धी वृत्तचित्र तयार पार्नका लागि घर्तीलाई एउटा कार्यक्रम छ भनेर बोलाएका थिए । त्यसैबेला घर्तीलाई कनकमणिलगायतका नागरिक अगुवा र सञ्चार उद्यमीहरूले प्रभावमा पारे । उनीहरूको योजना स्वीकार गरेमा लाखौं रुपैयाँ दिने लोभ पनि देखाइयो । घर्तीलाई १० लाख रुपैया“ दिएर थापाको मुद्दा अगाडि बढाउने गुरुयोजना त्यतिबेलै बन्यो । त्यसपछि भयो पक्राउको तयारी । यो योजनाका अर्का पात्र इन्स्पेक्टर विनोद भण्डारी उर्फ विनोद शर्माको विगत पनि घोर माओवादीविरोधी रहेको छ । उनी गिरिजाको गोडाको जल खाएर इन्स्पेक्टर भएका रहेछन् । त्यतिबेलै उनले कम्युनिस्ट सिध्याउन जेसुकै पनि गर्ने कसम खाएका थिए । त्यसैले शर्मा कम्युनिस्टलाई फसाउने जोखाना हेरेर बसेका थिए ।
यो घटनामा द्वन्द्वकालदेखि नै माओवादीलाई दुश्मन देख्ने कनकमणिलगायत पश्चिमाहरूको पक्षमा वकालत गर्ने मिडियाकर्मी र नागरिक समाजका व्यक्तिहरू एक भएको देखियो । सबैभन्दा बढी सक्रियता धनाड्य नागरिक अगुवाहरूको नै देखियो । माओवादी र सरकारले दुःख दिएको खण्डमा जस्तोसुकै सहयोग गर्ने वचन कनकले दिएका रहेछन् । छोराछोरी पढाउन आफ्नो संस्थाले सहयोग गर्ने र आवश्यक भए आफ्नो रातो बंगला स्कुलमा निःशुल्क पढाइदिने भनेर उनले प्रहरीका मान्छे र माओवादीविरुद्ध लाग्नेहरूको मनोबल बढाएका रहेछन् । संयोगवश दैलेखका सरकारी विद्यालयको क्षमता अभिवृद्धि गर्ने परियोजना पनि उनकै रातो बंगला स्कुलले पाएको छ । यो कभरमा पनि उनी माओवादीविरोधी माहौल तयार पार्छन् ।
अझ डरलाग्दो रहस्य
पक्राउ नपर्दै घर्तीको जीवनस्तरमा परिवर्तनका संकेतहरू देखिन थालिसकेका थिए । ज्यान मुद्दाजस्तो गम्भीर सजायको भागीदार बन्ने अवस्थामा पनि उनको परिवारमा शोक र चिन्ता छैन । उनको बयान पनि बनावटी र योजनाबद्ध हो भन्ने कुरा लुक्न सकेको छैन । उनी पक्राउ पर्नेबित्तिकै डेकेन्द्रलाई ज्यू“दै खाल्डोमा हालियो भन्ने सुर्खेतका स्थानीय पत्रिकाहरूले लेखे । त्यो समाचारको स्क्रिप्ट सबै पत्रिकाहरूमा एउटै थियो । एउटा गम्भीर फौजदारी अभियोगमा बन्दी भएको व्यक्तिको बयान सञ्चारमाध्यमबाट सार्वजनिक गर्नुको पछि के रहस्य छ ? के त्यसले अनुसन्धान प्रक्रियामा असर पार्दैन ? संविधान प्रदत्त गोपनियताको हकको रक्षा गर्ने दायित्व प्रहरीको होइन ? फौजदारी अभियोगमा बन्दी भएको अभियुक्तलाई उसको कानुन व्यवसायी र नजिकको नातेदारलाई मात्र भेट्न दिइने सामान्य कानुनी प्रावधान दैलेख प्रहरीलाई थाहा छैन भनेर कसरी पत्याउन सकिन्छ ? तर, यही केसमा सुर्खेतबाट गएका अधिवक्ताद्वय विष्णु खनाल र विद्याभूषण मानन्धरलाई भेट्न नदिएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट भन्न लगाउनुप¥यो । त्यसैले यो घटना सुनियोजित र द्वन्द्वकालका मुद्दाहरू कोट्याएर शान्ति भा“ड्नेहरूको धन्दाभन्दा अरू के हुन सक्छ ?
भव्य रात्रीभोज
दैलेख गएर माओवादीविरुद्ध भाषण गर्ने, प्रदर्शन गर्ने र समाचार लेख्नेहरूका लागि दैलेख बजारमा भव्य जा“ड पार्टीको व्यवस्था गरिएको छ । त्यसको खर्चबर्चको व्यवस्था पनि कनकमणि दीक्षितको संस्थाले नै गरिरहेको छ । सुर्खेतबाट गएका एनजिओ र मानवअधिकारवादीहरुको एकहुलको एकै रातको रक्सीको १४ हजार पुगेकोबिलसमेत नागरिक अगुवाका नाममा देखिने कनकमणिले तिरेको एक होटल व्यवसायीहरुले बताए ।
अब के होला ?
डेकेन्द्र हत्याका आरोपितहरूलाई कारबाही गर्ने माग गरेर मुलुकलाई फेरि हिंसात्मक बाटोमा फर्काउन खोजिरहेका बेला माओावादीले कस्तो रणनीति अख्तियार गर्ला भन्ने आम चासो र जिज्ञासा बढेको छ । जिल्लामा फेरि अनिष्ट हुने भयो भनेर सर्वसाधारणमा त्रास छाएको छ । ‘फेरि द्वन्द्व फर्कियो भने डलरमा ¥याल चुहाउने चाकरहरूले त पैसा कमाउलान् तर हामी जस्ता सर्वसाधारणको बेहाल हुने भयो’– एक स्थानीयले यस संवाददातालाई बताए ।
यसैबीच, स्थानीय माओवादी नेताहरूस“ग यसबारे जिज्ञासा राख्दा उनीहरूको भनाइ यस्तो थियो– ‘द्वन्द्वकालका मुद्दा कोट्याउ“दै जाने हो भने हामी पनि हाम्रा साथीहरूलाई सुराकी गरेर मार्ने जो कोहीलाई छोड्दैनौं । सबैलाई किटानी जाहेर गर्छौं । जनयुद्ध दबाउने नाममा तत्कालीन सत्ताका सञ्चालक र मतियार बन्ने सबैलाई हत्याको अभियोग लगाएर कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।’
यसैबीच, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गएको पत्रकारको छुट्टै मिसन टोलीले जिल्लाका पत्रकार, महासंघका पदाधिकारी, पीडित पक्षहरुसँग भेटी राजधानी फर्किएको छ । मिसन टोलीमा पोषण केसी, दामोदर तिमल्सिना र सूर्यमणि गौतम थिए ।
No comments:
Post a Comment