Published on Apr 25, 2013
पूर्ब गोर्खा सैनिकहरुले २४ अप्रिल २०१३ देखि २४ अक्टोबर २०१३ सम्मको लागि सत्याग्रह आन्दोलन सुरु गरेको छ । सत्याग्रह संयुक्त आन्दोलनको आयोजनामा पाँच सुत्रिय मागसहितको ज्ञापनपत्र बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनलाई बुझाएको छ । पूर्ब गोर्खा सैनिकहरुको माग पुरा नभए भोक हड्ताल र आमरण अनसन गर्ने घोषणा पनि गरेको छ । गोर्खाहरुको दूतमा बि गेसोका माहासचिब डाक्टर राम नारायण कन्दंवाको नाम समेत घोषणा गरेको छ । भेला भएका गोर्खाहरुलाई भूपू एमपी लिबेरल डेमोक्रेटका नेता तथा गोर्खा आन्दोलनका अभियन्ता पिटर क्यारोल, लेबेर पार्टीका एमपी बिभेक शर्मा, कन्जरभेटिभका एमपी रब विल्सनले सबोधन गरेका थिए ।
त्यस्तै ह्युमन राइटका बबी वसन, एनआरएनका अध्यक्ष कुल आचार्य, आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष श्री प्रसाद लिम्बु, युबीगिएका प्रबक्ता ज्ञान राज राई, बिगेसोका अध्यक्ष संतोस थलंग, बि गेसोका माहासचिब डा. राम नारायण कन्दंवा, आदिवासी जनजाति महिला महासंघका अध्यक्ष कमला थापा, राम काजी राई, आदिवासी जनजाति महासंघ युकेका महासचिव नरेश काङ्माङ राई लगायतले सम्बोधन गरेका थिए ।
No comments:
Post a Comment