Monday, April 8, 2013

प्रधानसेनापति र शैक्षिक भ्रमणमा रहेको पाकिस्तानी सैनिक टोलिबीच भेटघाट सम्पन्न


मिति २०६९ चैत्र २५ गतेदेखि नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र पाकिस्तानको National Defence University (NDU)  को शैक्षिक भ्रमण टोलिले आज मिति २०६९ चैत्र २६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर जबरा संग जंगी अड्डामा शिष्टाचार भेटघाट गरेको छ । सो भेटघाटका क्रममा पाकिस्तानी तथा नेपाली सेनाबीच रहेको सम्बन्ध, क्षेत्रिय तथा विश्व सुरक्षा स्थितिबारे छलफल भएको थियो ।

 Senior Directory Staff Brig. Muhammad Zafar Iqbal को नेतृत्वमा आएको १९ सदस्यीय टोलिमा पाकिस्तानी सेनाका सैनिक अधिकृत लगायत साउदी अरेबियाका शिक्षार्थी अधिकृत सम्मिलित रहेका छन् ।
सो भ्रमण टोलिले आजै नेपाली सेनाका पिएसओज् रथीबृन्दहरुसंग अन्तरक्रिया तथा शिष्टाचार भेटघाट गरेको थियो भने उक्त टोलिलाई जंगी अड्डामा सैनिक युद्धकार्य निर्देशक सहायक रथी श्री हरि बहादुर बस्नेतले बृफिङ्ग गर्नु भएको थियो ।
उक्त शैक्षिक भ्रमण टोलिले मन्त्रिपरिषद्का अध्यक्ष, अर्थमन्त्री र रक्षा सचिव संग भेट्ने कार्यक्रम रहेको छ भने परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज, पाकिस्तानी तथा साउदी राजदुतावासको भ्रमण लगायत काठमाण्डौ उपत्यकामा रहेका सांस्कृतिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ । सो शैक्षिक भ्रमण टोलि मिति २०६९ चैत्र ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment