Monday, March 25, 2013

इजरायली प्रमुख शहरहरु ध्वस्त पार्ने चेतावनी


काठमाडौ, चैत्र १०/ ईस्लामिक मुलुक इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खामेनीले आफ्नो  देशमाथि आक्रमण भए ईरानले पनि तेलअवीव र हाइफा जस्ता इजरायली प्रमुख शहरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।
ईरानी नयां वर्षका अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने क्रममा खमेनीले उक्त विचार व्यक्त गरेका हुन् । सम्बोधनका क्रममा उनले यहूदीहरुले आफूहरुलाई सैन्य आक्रमण गर्ने धम्की दिईरहेको बताउंदै आफूहरु त्यस प्रकारको धम्कीबाट कत्तिपनि विचलित नहुने बरु उनीहरुलाई पनि थाहा हुनु पर्ने हो कि ईरान त्यस प्रकारका धम्कीहरुबाट तर्संदैन बरु उनीहरुले त्यस्तो गल्ती गरे भने ईरानले इजरायलको तेल अवीव र हाइफा जस्ता शहरहरुलाई बर्बाद गरिदिने छ ।
ईरानी नयां वर्षका अवसरमा राष्ट्रका नाममा गरिएको उक्त सम्बोधनमा नेता खमेनीले ईरानको परमाणु कार्यक्रममा सम्बन्धमा अमेरिकासंग भईरहेको वार्ताको नतिजा प्रति आफू त्यतिसारो आशावादी नभएको पनि बताएका छन् ।
उता इजरायलले भने ईरानबाट हुनसक्ने सम्भावित खतराबाट जोगिनका लागि आफूले जस्तो सुकै कदम पनि चाल्न सक्ने कुरा यस अघि नै बताईसकेको छ ।

No comments:

Post a Comment