काठमाडौं, चैत्र २ - पहिचानलाई लिएर विश्वभरिका तामाङ जाति राजधानीमा भेला भएका छन् ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्द्वारा आयोजित 'तेस्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन'का निम्ति जुटेका हुन् । उपराष्ट्रपति परमानन्द झाबाट शनिबार खुलामन्चमा सम्मेलनको उद्घाटन हुनेछ । 'विश्वभरिका समस्त तामाङ एकजुट होऔं । तामाङ पहिचान र संस्कृति प्रवर्द्धतका लागि सम्पूर्ण ध्यान केन्दि्रत गरौं' भन्ने मूलनारासहित जुटेका हुन् । तीनदिनसम्म चल्ने सम्मेलनमा तामाङ भाषा, धर्म, संस्कृति, कला प्रदर्शन तथा प्रस्तुत गर्ने नेपाल तामाङ घेदुङका सचिव प्रतिक तामाङले जनाएका छन् ।
सम्मेलनमा नेपाल, भारत, भुटान, हङकङ, दक्षिण कोरिया, बेलायत, अमेरिका, कतार, कुवेत, इजरायल, युएई, जापानलगायत १८ मुलुकको प्रतिनिधि सहभागी छन् । उनीहरुलाई राजधानीका विभिन्न होटेलहरुमा बासको व्यवस्था गरिएको छ ।
No comments:
Post a Comment