च्याङ्वा लामा जस्ता होनहार कलाकारको हत्या भएको अनेकोट काण्ड कसरी भयो - राष्ट्रका गहना तथा जनयुद्धको उर्जाको रुपमा रहेका सात जना कलाकारको मूत्यूमा को जिम्मेवार छ? कसको लापर्बाहीले गर्दा जनसाँस्कृतिक क्षेत्रले अपुरणीय क्षेति वेहोर्नु परेको थियो - अनेकोट नरसंहारको १३ बर्षछि त्यसको रहस्य खुलेको छ । उक्त घटनाका कारण अरु कोही नभएर माओवादीका तत्कालिन पूर्वाञ्चल क्षेत्रिय इन्चार्ज यानप्रसाद गौतम आलोक रहेको खुलासा भएको छ ।
अमेरिकी पत्रकार लि अनेष्टो नेपालको जनयूद्धवारे रिर्पोटिङ गर्न आएका थिईन् । उनले पश्चिमका आधार शिविरहरुको निरिक्षण गरिसकेपछि पूर्वका आधार शिविरहरु पनि हेर्ने इच्छा राखिन् । आफूलाई अत्यन्त सफल प्रमाणित गर्न र पश्चिम भन्दा पूर्व अझवढि व्यवस्थित भएको पूष्टि गर्न आलोकले निकै ठूलो तामझामका साथ काभ्रेमा उनको भ्रमण गराउने तयारी गरे । २०५५ सालमा काभ्रे भन्दा सिन्धुलीमा माओवादीको जनाआधार निकै राम्रो थियो । त्यसवेला आलोक मातहतमा रहेका नेताहरु मणि थापा, (जो जनसाँस्कृतिक मञ्चका महासचिव समेत थिए ) अग्नि सापकोटा र क. विशालको नामले परिपचित सेरमान कुँवर (जो शहिद भइसकेका छन् ) लगाएतले काभ्रेमा कार्यक्रम गर्दा बढि खतरा हुने भन्दै सिन्धुलीमा लि को भ्रमण गाउनु पर्ने जिकिर गरे । तर घमण्डी स्वभावका आलोकले कसैको कुरा सुनेनन् । काठमाडौवाट अति नजिकमा रहेको काभ्रेलाई नै उनले रोजे र कार्यक्रम गरिछाडे । कार्यक्रमलाई आकर्ष र प्रभावकारी बनाउन खटिएका कलाकारहरुलाई ल्याउने तयारी गरियो ।
कलाकारको समेत नेतृत्व गरिरहेको मणि थापाले कलाकारको सुरक्षामा बिशेष चासो राखे । काभ्रेमा कलाकार पठाउनेवारे व्यापक रुपमा असहमतिका वावजुद उनीहरुलाई त्यहाँ पठाइयो, जहाँ चैत्र ५ गतेका दिन तत्कालीन सरकारको फौजले उनीहरुको प्राण पखेरो लियो । कलाकारहरु बसेको घरमा दैलो लगाएर सरकारी फौजले उनीहरुलाई जिउँदै जलायो ।
अमेरिकी पत्रकार लि ले काठमाडौमा आएर पश्चिम भन्दा पूर्वको आधार इलाकाको कलाकारको प्रस्तुती राम्रो र व्यवस्थीत देखेको बताईन् । तर जहाँ उनलाई पुर्याईएको थियो, त्यो आधार क्षेत्र नै थिएन । आधार इलाका सिन्धुली थियो, उनलाई त्यहाँ पुर्याइएको नै थिएन । आफ्नो उदेश्य पुरा भएपछि आलोक आफु त सुरक्षित स्थान तर्फलागे तर कलाकारहरुको सुरक्षामा थोरै पनि ध्यान दिएनन् । हरिवोल गजुरेल शितलकुमारको अध्ययन गर्न अग्नि सापकोटाको संयोजकत्वमा गठित टोलीमा मणि थापा र सेरमान कुँवर पनि थिए । पूर्वक्षेत्रका यस्ता जिम्मेवार नेताहरु गजुरेलको वयान लिन दिल्ली गएको बेला अनेकोट काण्ड घटेको थियो । उक्त घटनामा च्याङ्वा लामाका अतिरिक्त मञ्जु कुँवर, सुभद्रा सापकोटा, निर्मल देवकोटा, गुम्वासिंह तामाङ्ग, चिनिमायाँ तामाङ्ग, लगाएतका होनाहार कलाकारहरुले शहादत प्राप्त गरेका थिए ।
No comments:
Post a Comment