Friday, March 15, 2013

तेस्रोलिङ्गी : भूमिका श्रेष्ठबारे



भूमिका श्रेष्ठको कम्मर मुनी पुरुषको अङ्ग छ र कम्मर माथि नारीका अङ्ग छ । जन्मदा उनी केटो भएर जन्मिन् र उमेर बढ्दै गएपछि क्रमश: केटी हुन थालिन् । उनी कुमार श्रेष्ठ र नूमाया श्रेष्ठकी सन्तान हुन् । उनको जन्म २०४४ साल पुस २७ काठमाडौ‌मा भएको थियो ।

कैलाश श्रेष्ठका नाउँमा भूमिकाको नागरिकताको प्रमाणपत्र र सवारीचालक प्रमाणपत्र रहेको छ । तेस्रोलिङ्गी भएको अभियोगमा एसएलसी परीक्षा दिनबाट बञ्चित भएकी भूमिकाले नै उनको घरको आर्थिक र अन्य व्यवहार सम्हाल्दै आएकी छिन् ।
‘हाइवे’ चलचित्रमा समेत अभिनय गरेकी भूमिका श्रेष्ठ युवा मानवअधिकार रक्षकका निम्ति नेपालको उपाध्यक्ष भइन् । उनले टीभी र एफएमका कार्यक्रम पनि सञ्चालन गरिन् । 

हाल उनी नेपाली काङ्ग्रेसको काठमाडौं जिल्ला महाधिवेशन प्रतिनिधि छिन् । तेस्रोलिङ्गी भएकै कारणले उनले अमेरिका, भारत, फिलिपिन्स, थाइल्यान्ड र बङ्गलादेशको भ्रमण गरिसकेकी छिन् ।
सन् २००७ मा तेस्रोलिङ्गी सुन्दरीको उपाधि प्राप्त गरेकी भूमिका आगामी फागुन २४ गते २०६९ को नइ रामलक्ष्मी पुरस्कारबाट सम्मानित हुँदैछिन् ।
प्रा.डा.रामप्रसाद उप्रेती र निजकी पत्नी लक्ष्मी उप्रेतीका नाउँमा स्थापित २० हजार रुपियाँ राशिको “रामलक्ष्मी पुरस्कार” हरेक वर्ष एकजना प्रतिभाशाली तेस्रोलिङ्गीलाई प्रदान गरिन्छ ।

No comments:

Post a Comment