Armed police inspect a blast site inside the Assumption Church in Kathmandu, Nepal, May 23, 2009. (Reuters) |
आज भोली नेपालमा क्रिश्चियन धर्मको चर्चा निकै जोडतोडले चलिरहेको देखिन्छ । ठाँउ-ठाँउमा, गाँउ-गाँउमा रातारात धेरै चर्चहरू वर्ष कालको जङ्गलमा च्याउ पलाएको जस्तो उम्रिदै गईरहेका पाइन्छन् । हजारौं वर्षदेखि बाउबाजे पुर्खाहरूले मानिरहेको धर्मबाट सोझासादा, गरिबी र अज्ञानताले पेलिएका जनतालाई थोरबहुत पैसा दिएर र रोग निको हुन्छ भन्ने प्रलोभन देखाएर क्रिश्चियन धर्ममा परिवर्तन गने प्रयास प्रशस्त देखिइरहेको छ ।
नेपालका मूल धर्महरू हिन्दु र बुद्ध धर्म हुन् भन्ने कुरा सर्वविदितै छ । यी दुई धर्मका प्रकृतिमा अनेकौं समानताहरू पाइन्छन् । अहिले अवैद्य रुपले जनतासंग सम्पर्क नराखी र देशको परम्परागत धर्म संस्कृति र इतिहासको वास्तै नगरी नेपालको यो अस्थाई सरकारले देशलाई धर्म निरपेक्ष भनी घोषणा गरेको छ । संविधान निर्माण गर्न वहानाले सभा निर्माण गरेका राजनैतिक व्यक्तिहरूले संविधान निर्माण त परै रहोस् असंवैधानिक रुपले कोठाभित्र बाटै देशलाई धर्मनिरपेक्ष घोषणा गरिदिए ।
हाम्रो जानकारीमा आएअनुसार सरकार जाने वित्तिकै विदेशी क्रिश्चियन संस्थाले यिनीहरूहरूलाई छोपीहाले । मोटो पैसा ख्वाएर चर्चमा लगेर कोही कोहीलाई त क्रिश्चियन धर्ममा परिवर्तन गराई राष्ट्रलाई निरपेक्ष बनाउने कुराको प्रवक्ता बनाइसके ।
यो सम्पूर्ण राष्ट्रद्रोही कुरा हो, किनभने निरपेक्षताको बहानामा व्यापक रुपले क्रिश्चियन धर्म प्रचार गर्नलाई यिनीहरूले ढोका खोलिदिए र आफ्नो राष्ट्रको परिचय अधिकार अर्काको हातमा सुम्पने प्रयास गरे । राष्ट्रको परिचय स्वभिमान र धर्मलाई पैसाको प्रलोभनले कुल्चिएर नाश गर्ने मार्ग खोलिदिए । संसारमा निरपेक्ष भन्ने कुनै कुरा हुँदैन । निरपेक्षताको अर्थ राष्ट्रको धर्मीय स्वाभिमान् मौलिकता र गौरवलाई धराशायी पार्नु नै हो ।
नेपाल हिन्दु राष्ट्र हुँदैमा अरु अरु धर्मका मानिसहरूलाई कुनै असजिलो अगाडि पनि थिएन र पछि पनि हुनेछैन । देशीविदेशी सबै धर्मले नेपालमा समान अधिकार पाउनु पर्छ भन्ने निहुँले आफ्नो धर्मीय परिचयबाट राष्ट्रलाई वञ्चित गर्नु कदापि उचित हुँदैन । विश्व भरि हरेक राष्ट्रको आफ्नो धर्मीय परिचय छ । त्यस्तै नेपालमा पनि आफ्नो चलिआएको धर्मीय परिचय संवैधानिक रुपले कायम हुनुपर्छ र नेपाल हिन्दु
राष्ट्र नै हुनुपर्छ । त्यस पछि विभिन्न देशबाट र विविध धर्म मान्ने मान्छे यहाँ बसोवास गर्न सक्छन् । यसमा असजिलो देखिदैन । विश्वको जुनसुकै देशबाट पर्यटकहरू ज्ति आउन चाहे आउन सक्छन् । त्यसले केही फरक पर्ने छैन ।
क्रिश्चियन धर्मका प्रर्वतक यिशु क्रिष्ट नै हुन भनी आजसम्म मानिअएको कुरा हो । तर आधुनिक अनुसन्धानका आधारमा यो कुरा तथ्य होईन भनेर युरोप अमेरिका तिरकै ज्ञानी विद्धानहरूले पनि भन्न थालेका छन् । त्यति मात्रै होईन यसको बारेमा उतैबाट प्रचारित विभिन्न पुस्तकहरूमा ठोस र अकाट्य प्रमाणहरू प्रस्तुत गरिएका छन् ।
धेरै समयदेखि नै क्रिश्चियन धर्म तथा चर्चहरूवारे विचार गर्ने मानिसहरूका मनमा एक गहिरो प्रश्न उब्जने गरेको देखिन्छ । यिशुको तथाकथित उपदेशको आधारमा रचिएको वाईवल पढ्दा एक किसिमको भाव आउँछ भने क्रिश्चियन र चर्च जगतको इतिहास र क्रियाकलाप हेर्दा सम्पूर्ण रुपले स्वविरोधी तत्वहरू भेटिन्छन । यसको उदाहरण वाइवलमा वर्णित यिशुको जीवनी यति प्रेमपूर्ण देखिन्छ कि शिशुदेखि बालबालिका, नारी पुरुष सबै प्रति उहाँको हृदयमा एउटा कोमल भाव भेटिन्छ । कतै कुनै क्रुरता, हिंसा, कठोरता र जबरजस्तीको भाव बिल्कुलै देखिदैन । जोर जबरजस्ती धर्मपरिवर्तन गर्ने पैसा बाँडेर झुटा आश्वासनले अज्ञानीहरूलाई वहकाएर उनीहरूलाई बाउबाजेदेखि मानिआएको स्वधर्मवाट छुटाएर आफ्नो धर्मतिर तान्न खोज्ने आदि अवगुणहरू वाईवलमा देखिदैन् ।
यिशुको कोमलतावारे वाइवलकै एउटा उदाहरण यहाँ राख्न मिल्छ । कुनै एकदिन उहाँ उभिइ-उभिइ केहि भक्तहरूलाई उपदेश दिइरहनु भएको थियो । त्यतिकै मा ३-४ जना करिब ५-६ वर्षका वालकहरू भीडका पछाडिबाट चिच्याइरहेका थिए, भित्र के हुदैछ भनि मानिसहरूले उनिहरूलाई उता जाओ भनी हटाउन खोज्दै थिए । यत्तिकैमा यिशुले भन्नु भयो ती कलिला बालकहरूलाई म कहाँ आउन देउ । तुरुन्तै सबैले बाटो दिए र यिशुले बालकहरूलाई नजिकै बोलाउनु भयो । माया गर्दै एउटाको हात समातेर उचाली सबैले सुन्ने गरि भन्नु भयो, साँचै म भन्दैछु जवसम्म तिमीहरू यो बालकजस्तो सरल र विनम्र बन्दैनौ तबसम्म ईश्वरको दुनियाँमा तिमीहरूको ठाउँ छैन ।
अर्कापट्टि हामीले क्रिश्चियन चर्चहरूतिर हेर्दा शुरुदेखि नै चर्चमा क्रुरता सङ्घर्ष र जवरजस्ती राजनैतिक दवाव सृजना गर्ने प्रवृत्ति पाउँछौं । जब कि वाइवलमा यिशु क्रिष्ट भन्नुहुन्छ नारीसित व्यभिचार त परै रहोस् उसका बारेमा नराम्रो सोचे तापनि मानिस नरकमा जान्छ । यतापट्टि आचार्य चतुर्र सेनले आफ्नो ‘सोना और खुन’ भन्ने किताबको पहिलो पेजमा भन्नुहुन्छ, सत्रौ सताब्दीमा इङल्याण्डमा पादरीहरूको भयङकर बोलावाला थियो । यी पादरीहरू अत्यन्त दुराचारी हुने गर्थे । प्रसिद्ध छ कि यी पादरीहरूले इङल्याण्डका एक लाख मानिसहरूलाइ भ्रष्ट पारिदिएका थिए । कुनै पादरीले ठुलो भन्दा ठुलो अपराध गरे तापनि केवल मामुलै जरिवानाको सजाय पाउँथ्यो । ज्यानमारको सजाय केवल ६ सिलिङ ८ पौन्स अर्थात पाँच रुपैयाँ थियो । ढोड, पाखण्ड जादुटुना उनीहरूको मुल व्यापार थियो । चर्चहरूले मानिसहरूलाई धर्मीय तथा अरु किसिमका अपराधका लागि अत्यन्त भयानक यातना दिन र मार्नका लागि यन्त्रहरू निर्माण गरेका थिए । क्रिश्चियन धर्मका दुई शाखा प्रोटेष्टेन्ट र क्याथोलिकको रक्तपातपूर्ण सङ्घर्षको कुरा हामीले दोहोर्याएर भन्नुपर्दैन ।
१५८१ मा चेम्पिएन नाम गरेका एकजना फादरले प्रोटेष्टेन्ट धर्म छोडेर क्याथोलिकहरूको सदस्य बनेका थिए । परिणामत रानी एलिजावेथको आदेशवमोजिम उनलाई टायवर्न नामक ठाउँमा लगेर वंध गरियो । हत्या गर्नु भन्दा अगाडि जिउँदै उनको पेट चिरेर आन्द्राभुँडीलाई बाहिर निकालियो । पछि उनलाई चार टुक्रा पारेर चिरियो । गुइ फक्स नाम गरेका फादरले पनि उस्तै सजाय पाए । फ्रान्समा यो सजाय धेरै प्रचलित थियो । त्यहाँ यसलाई बेञ्च दि टर्चर भनिन्थ्यो । (सोना र खुन /१४)
धर्ममा सजाय दिनेको बोलवाला रोममा नै थियो र यसको आदेश बमोजिम समग्र यूरोपमा नै भयानक सजायको प्रचलन थियो । मामुली अपराधमा पनि चर्चले जनतालाई कठिन यातनापूर्ण सजाय दिने गर्थ्यो । दण्ड दिने आज्ञा खासगरि आइतवारका दिन खुलेआम सुनाइन्थ्यो । ति सजायहरू पनि भिन्नभिन्न किसिमका हुन्थे । जस्तो कि फाँसी, जिउँदै जलाइदिने साना किसिमका कोर्राले सयकडौं कोर्रा हान्ने । यसको नमुना हेर्ने हो भने मेल गिव्सनले बनाएको प्यासन अफ क्राइष्ट भन्ने चलचित्रका यिशुलाई कसरी हानिएको थियो भन्ने कुरा देखिन्छ । जेल, सार्वजनिक रुपमा अपमानित गर्ने, पतीत घोषित गर्ने, ठुलो पैसाको जरिवाना गर्ने आदि आदि थियो ।
अभियुक्तहरूलाई साधारणतया मध्यारातको समयमा गिरफ्तार गरिएको हुन्थ्यो । यदि गिरफ्तारीको समयमा अभियुक्तले कराउने लगायत केही गडबडी गर्न खोजे उसको मुखमा एउटा यन्त्र ठोसि दिइन्थ्यो, यो मुखमा छिर्नासाथ ठुलो हुन्थ्यो र मुख आँ गरेको गर्यै हुन्थ्यो । यसपछि उसलाई पवित्र अफिसमा बन्द गरिदिइन्थ्यो । उसको वयान लिइन्थ्यो र आवश्यकता परेमा कठोर यन्त्रणद्धारा जबरजस्ती कबुल गराइन्थ्यो । चर्चले कसैको धर्मीय अपराध ठहर्याएमा उँ कुनै उपाय र याचनाले उम्कन सक्दैनथ्यो । उसलाई जबरजस्ती आफ्नो अपराध सकार्न लगाएर सक्दो यातना दिई मार्नुमा नै चर्चले आनन्द मनाउँथ्यो । सोना र खुन / १९
विवियाना नाम गरेकी एउटा दिलदार केटीको त्यस समयको इङल्याण्डमा प्रसिद्ध छ । उनको उमेर २५ भन्दा कम्ति थियो र उनि कुमारीनै थिईन । उनि सधै खुशिले हाँसिरहनथिन । यस्तै हाँसोको क्रममा उनले आफ्नी साथीलाई भनेकी थिइन - मलाई थाहाँ छैन यो पोप पुरुष हो या नारी । उनका बारेमा विचित्रका कुराहरू सुनेकी छु र सुनिरहन्छु पनि । मलाई लाग्छ यो कुनै अनोठो प्राणि होला ! व्यक्तिगत कोठामा यति मात्र ठट्टाका रुपमा भनेको कुरालाई पत्ता लगाई चर्चले उनलाई जुन सजाय दिएको थियो त्यो चर्तसेनको किताबमा पढ्दा रौं नै ठाडो हुने अवस्था आउछ । पहिले त उनलाई नाङ्गै चिसो भुईमा सुताइएको थियो । दिनमा एउटा रोटी दिइन्थ्यो पानी हुदैनथियो । दोस्रो दिन तीन पटक पानी पिउन दिने तर केही खान नदिने । आफ्नो गल्ति नस्वीकारेसम्म यस्तै सजाय चलिरहन्थ्यो । तर उनले स्वीकार गर्दै गरेन । त्यसपछि उनलाई मेशिनमा हालेर तन्काइयो । तैपनि उनले गल्ति नसकारेकोले अन्ततोगत्वा चर्चमा भएको मदर मेरीको सुन्दर मुर्तिलाई अङ्गाल्न भनियो । अङ्गालो हाल्नासाथ चर्चले एउटा वटम दबायो र मदर मेरीको मुर्तिबाट धारिला र तिखा छुराहरू निस्किएर उनको शरिर वारपार छेडिदियो । चर्चका सदस्यहरूले अब उनले मोक्ष पाइन भनेर भगवानलाई धन्यवाद दिदै धेरै आनन्द मनाए ।
विवियालालाई दिइएको सजाय भन्दा पनि अरु क्रुर किसिमका सजायहरू नारीहरूलाई दिने गरिन्थ्यो । गर्दन र हातलाई एउटा गर्हुङ्गो काठको फन्दामा फसाएर समुद्र किनारामा छोडिदिइन्थ्यो । लामो चाकाचुलीमा बसाएर सबैले मिलेर अपराधी नारीलाई पोखरीको बरफ जस्तो चिसो पानीमा चोबल्दै निकाल्दै गर्ने गरिन्थ्यो आदि आदि ।
वस्तुत हाम्रो हिन्दु धर्ममा साधु सन्त मुनी ऋषिलाई देखेर हामीलाई आनन्द आउने गर्छ चर्चहरूमा ठीक त्यसको उल्टो देखिन्छ । यिशुको काखमा बालक पनि आएर बस्ने गर्थ्यो तर यी पादरीहरूको छेउमा पर्यो भने पुरुषहरूलाई केही आक्षेप लगाउलान भन्ने डर र नारीलाई व्यभिचार गर्छन भन्ने डर भइरहन्थ्यो ।
पादरीहरूको अध्यात्मिक साधना नपुगेको कारणले यिनिहरूमा यौनावृत्ति खप्नै नसक्ने हुन्छन र यिनिहरू समलिङ्गी यौन जस्ता अपराधहरूमा लिप्त भैरहन्छन । यो कुरा आजभोली विश्वव्यापी शिक्षित क्रिश्चियनहरूमा फैलिइसकेको छ र त्यसबाट चर्चप्रति नकारात्मक भावधारा झन झन फैलिदै गइरहेको छ ।
विश्वभरि जति देशमा क्रिश्चियन धर्म फैलिएको छ त्यो कुनै धर्म चर्चा, प्रेम र शान्तिको मार्गबाट भएको होईन । क्रिश्चियनहरूले जबरजस्ती पहिले शस्त्र, चतुर्याई र नाना कौशलले त्यस ठाँउको शासनसत्ता कब्जा गर्छन । त्यसपछि चर्च बनाउँछन् र स्थानीय वासिन्दाहरूलाई आफ्नो चलिआएको रीतिरिवाज, संस्किृति र परम्परा सबै जवरजस्ती त्याग्न लगाई चर्चको अनुयायी बनाउँछन् । यसको प्रमाण क्रिश्चियन धर्मको इतिहासले विश्वभरि दिएको छ । अफ्रिकन नेताहरूले भन्छन -‘वाईवलका पछाडि जहिले पनि वन्दुक नै आउँछ । जतिवेला यूरोपेलि क्रिश्चियनहरू हम्रो देशमा आएका थिए त्यस समय उनीहरू सित वाइवल थियो र हामीसित जमिन थियो । अहिले वाईवल हाम्रो हातमा भयो र जमिनहरू उनीहरूकै साथमा हुन गयो ।’
धेरै पर किन जानुपर्छ र ? आसाममा भएको नागाल्याण्डमा क्रिष्चियन धर्म फैलाई हरेक नागालाई बन्दुक दिएर भारत सरकार विरुद्ध नागाल्याण्डलाई क्रिष्चियन देश बनाउन पर्छ भनि हातहतियार र बम आदि हानेर लडाई चल्दा म स्कुले विधार्थी थिएँ । आखिरमा भारत सरकारलाई नागाल्याण्ड एउटा प्रान्त भनी छुट्याउन करै लाग्यो । यस्तै गरि मिजि मिकर र बडुहरुले पनि गरे । बडुहरुको अत्याचारले गर्दा हजारौ नेपालीहरु आसाम छोडेर भाग्नु परेको थियो ।
जब इशु क्रिष्टले वाइवलमा भन्नु हुन्छ, तिम्रो एक गालामा कसैले थप्पड हिर्कायौ भने अर्को गाला पनि वढाई देऊ । तिम्रो खास्टो कसैले लिइदियो भने कोट पनि दिइदेउ । तिमीलाई दश कदम हिँडाउन खोज्यो भने सय कदम हिडिदेउ । यता युरोपियन क्रिष्चियनहरुले सारा विश्वलाई आफ्नै भौतिक स्वार्थका लागि हत्या, हिंसा, लुटपाटले तहस नहस बनाइसके । धर्महिन शिक्षा चालु गरि जनतालाई आध्यात्मिकवाट पूर्णतया बञ्चित गरिदिए ।
हाम्रो यो पुस्तकको उद्देश्य हो, नेपाली जनतालाई धर्मको नाममा हुन लागेको यस्तो डरलाग्दो राजनीति र धर्मसंस्कृतिको नासवाट बचाउने । हिन्दु धर्मको हजारौं वर्षको इतिहासमा क्रिष्चियन र मुसलमानको इतिहासजस्तो कुनै किसिमको जवर्जस्ती र क्रुरता भेटिदैन । यो एउटा विशाल सभ्यता र संस्कृति हो जसलाई कि हजारौं ज्ञानी गुणी र श्रृषिहरु मिलेर सृजना गरेको हुन । यस धर्मको गौरबलाई छोडेर जनता भर्खर जन्मिइ परवाट आएको क्रिष्चियन धर्मतिर लाग्नु पूर्णतया मुर्खता हो भन्ने लाग्छ ।
गरिवी दूर गर्नका लागि जनताले सरकारलाई अझै सृजनात्मक योजनाहरुमा प्रेरित गर्नुपर्छ, व्यक्तिले आफै पनि मेहनत गर्नुपर्छ र रोग निको पार्नलाई आयुर्वेदमा हजारौ दवाइहरु छन्, एलोप्याथिक र होमियोप्याथिक औषधिहरु पनि प्रशस्तै छन् । खास गरेर हिन्दुधर्ममा भएका विविध हठयोग र राजयोगका क्रियाहरुका अभ्यासले जुनसुकै रोगलाई निको पार्न सम्भव हुन्छ । यसका लागि कुनै रोग निको पार्ने औषधि र व्यायमको चर्चा नै नभएको क्रिश्चियन धर्मतिर अन्धोजस्तो दौडिनुको कुनै अर्थ रहँदैन ।
जव क्रिश्चियनहरुले आफ्नो देशलाई निरपेक्ष बनाउँदैनन्, उनीहरु कदापि हिन्दु धर्ममा परिवर्तित पनि हुँदैनन् भने एक मात्र हिन्दु राष्ट्रमा भएको सरकार चाहिँ पुर्खादेखि पाएको आफ्नो सत्तालाई क्रिश्चियनको हातमा बेचिदिन तयार हुनु कस्तो दुर्वलता, चरित्रहीनता र गैरजिम्मेवारी हो भन्ने कुरा सोच्दा वेदना महसुस हुन्छ ।
बल गुरुङ नामक एक जना दार्जिलिङ्गबाट आउनु भएका वुद्धिमान युवक जो पर्यटन व्यवसायी हुनुहुन्छ, उहाँले केही दिन अगाडि मलाई वर्णन गरेको घटना यस प्रकार छ- नेपालको एउटा गाउँमा पाँच जना विदेशीलाई साथ लिई उहाँ जानु भएको थियो । त्यो गाउँमा बस्ने कुनै व्यक्तिको मुटुको दुवै भल्भ खतम भइसकेको थियो र डाक्टरले उहाँलाई अपरशेन गर्नुपर्ने सुझाव दिएको थियो । यस वीचमा नजिकको चर्चबाट कुनै क्रिश्चियन प्रचारक आएर उहाँलाई एउटा बाइबल थमाइदिएर भने -‘यो किताव पढ्ने गर्नुहोस् । तपाईलाई अप्रेशन गर्नुपर्दैन आफै ठीक हुन्छ ।’
अव चिन्ता र द्वन्द्वमा परेका ती व्यक्तिले पाँच जना विदेशीकहाँ आएर भने ‘हजुरहरु असली क्रिश्चियन हुनुहुन्छ । मेरो मुटुको हालत यो हो । चर्चले हातमा बाइबल थमाइदिएको छ । अव म के गरुँ ? हजुरहरु भन्नुहोस् ।’ यो कुराले त्यहाँ भएका सबै विदेशीहरुको अनुहार उत्रिइ हाल्यो र एक जना त धुरुधुरु रुन नै थाल्यो । अनि उनीहरुले ती वृद्धलाई चर्चमा लगेर चर्चको कितावबाट उनको नाम कटाइ दिए र चर्चका मानिसहरुलाई वेस्सरी हप्काएर भने -‘तपाईहरुलाई शरम लाग्दैन हाम्रो नाम यसरी वद्नाम गर्नलाई र यस देशका सादासिदा जनतालाई यसरी बेबकूफ वनाउन ? राम्रै गर्ने हो भने यो मान्छेलाई अस्पतलामा लिएर गई उपचार गराउनुहोस् न ! यसरी मान्छेलाई धोकामा हालेर पापको भार किन वढाउनु हुन्छ ?’
यही वूढानिलकण्ठमा एक जना बाहिरबाट आएका गुरुङ वृद्धलाई एउटा तलबधारी क्रिश्चियन प्रचारक नेपाली युवकले बाइबल देखाई भन्यो ‘बाजे यो किताव पढ्नुहोस् तपाई स्वर्ग जानुहुन्छ ।’ उत्तरमा वृद्धले भने ‘तिमी त पक्कै किताव पढी पढी स्वर्ग डुलेर आएका होऔला । मलाई अहिले स्वर्ग जान त्यतिको हतार छैन । तिमी हेर्दा त नेपाली नै देखिन्छौ । पक्कै तिमी हिन्दु या वुद्ध केही होऔला । एकाएक आफ्नो बाउबाजेको धर्म छोडेर विदेशीको बाजामा किन नाच्न थालेका बाबु ! पछि पछुताउला अहिलेदेखि होस गर । धर्मले मान्छेलाई बचाउँछ भने यस्तो खेलबाड गर्नेहरुलाई मर्ने गरी मार पनि दिन्छ । धर्म आगो जस्तै हो । जाने फाइदा नजाने जलन ।’
पाठकहरुको जानकारीका लागि उद्धृतिहरु
यिशुले भन्नुहुन्छ-विनम्र आत्मा (poor in spirit) भएका व्यक्तिहरु धन्य हुन् । किन भने तिनीहरु स्वर्गलोकमा पुग्छन् । झुकेकाहरु (The meek) नै धन्य हुन्छन् किन भने तिनीहरुले नै पृथ्वीलाई भोग्छन् । पृथ्वीमा शान्ति स्थापना गर्नेहरु नै धन्य हुन्छन् किन भने तिनीहरु नै इश्वरका सही सन्तान कहलाउँछन् ।
(The Holy Bible, St. Matthew, Chapter 5- verse 3, 5, 9)
तर यसका ठाडै विपरीत चर्चको खंखुरापन अगाडि नै उल्लेखित भइसकेको छ ।
स्वर्गीय प्रोफेसर T.W. Rhys Davids ले उहाँको Journal of the Pali Text society, 1923. pp 43-4 मा धेरै प्रमाण र विशेष वर्णनहरुका साथमा भन्नुहुन्छ - बाइबल हुबहु वुद्ध ग्रन्थहरुबाट टिपिएको नक्कली दस्तावेज हो । त्यसबाट एक टुक्रा यहाँ साभार गरिँदैछ, 'it is not too much to say that almost the whole of the moral teachings of the gospels as distinct from the dogmatic teaching will be found in Buddist writings, several centuries older than gospels .....' यो कुरा भन्दा अत्युक्ति हुँदैन कि Gospel अर्थात बाइबलका सम्पूर्ण उपदेशहरु बौद्धशास्त्रहरुमा प्रष्ट रुपमा देखिन्छन् जुन धेरै शताव्दी अगाडि नै निर्मित भएका हुन्’ ।
भारतका भूतपूर्व राष्ट्रपति डा. राधाकृष्णनन् भन्नुहुन्छ –‘मेथुको बाइबलमा भनिएको छ, जोना जसरी तीन दिन र तीन रात ह्वेल माच्छाको पेटमा रहेर निस्किएर आयो त्यसै गरी यिशु पनि तीन दिन र तीन रात माटोमुनि रहेर निस्किएर आउनु हुन्छ ।’ यतापट्टि यिशु क्रुसमा हुँदा दुईवटा चोरहरुलाई भन्नुहुन्छ, 'Today shalt thou be with me in paradise' ‘आज तिमीहरु पनि मसँग स्वर्गलोकमा हुन्छौं ।’ यो कुरा आफैमा बाझिएको देखियो । (Eastern Religions and Western Thought. Page 175).
अगाडि नै हामीले उल्लेख गरिसकेका छौ कि बाइबल जुडियाबाट यिशुको अन्तर्धान र पलले रोममा चर्च बनाउनभन्दा पछाडि बनेको हो । त्यसको प्रमाण प्रोफेसर Max Muller दिनुहुन्छ -According to Eusebius the Gospels were published by the church in reign of Trajan (A.D. 98-117). (Max Muller, last Essays, 1st series (1901) सम्ममा ट्राजनको राजत्वमा भयो ।
स्वर्गीय Dr. Winternitz को भनाई छ 'We can point to a series of borrowings from Buddists literatures which are absolutely beyond all doubt (Visvabharati Quarterly, Feb. 1937 p 14). हामी निःसंशय रुपमा भन्न सक्छौ कि बाइबलले वौद्ध ग्रन्थहरुबाट थुप्रै कुराहरु उधारो लिएको छ ।
Sir charles Eliot भन्नुहुन्छ'Many practices common to indian and Christian whrship, suchas the Tonsure and the altar ritual including incense, flowers, lights and singing, may have grown independently, but there are some, such as, celibacy, relics and confessions, which are old and establisheed institutions in Buddhism and seem to have no paralels in Jewish, Syrian of Egypitan antiquity.' (Sir charles Eliot, Buddhism, Vol. 3 (1921) p. 443) आशय के हो भने क्रिश्चियनहरुले चर्चमा गर्ने जम्मै प्रक्रियाहरु वुद्ध धर्मबाट लिएका हुन् ।
बाइबलमा राजा हेरदले शिशु यिशुलाई खोज्दा जम्मै शिशुहरुलाई मारिदिएको थियो । (and sent forth (army), and slew all the children that were in Beth-lehem, and in all the coasts there of, From two years old and under) (st. Matthew 2 page 7, verse 16)
(शंखघोषमा कृष्ण र वुद्धबाट बाइबलले चोरेका धेरै उदाहरणहरु छन् । पाठकहरुले पढ्नुहोला भन्ने अनुरोध छ ।) हुबहु यहाँ कंसले मथुरामा गरेको शिशु हत्याको कहानी राखेको पाइयो । यसबाट सम्पूर्ण क्रिष्ट धर्ममा जालझेल, नक्कली, उधारो, यिशुको विपरीत हत्या हिंसा प्रमाणसहित देखियो । त्यसकारण हम्रो अनुरोध सक्कली हिन्दु तथा वौद्धधर्मलाई मिल्काई नक्कली क्रिश्चियन धर्ममा जाने व्यक्तिहरु आजको वैज्ञानिक युगमा ठाडै अज्ञानी प्रमाणित हुन्छन् ।
यिशु र चर्चको भिन्नता
होल्जर क्रिष्टिनको जिसस लिभ्ड इन इण्डिया (Jesus lived in india) भन्ने ग्रन्थको १० र ११ पाना मात्रै पढेमा, बिविसिद्वारा निर्मित डिड जिसस डाई (did Jesus Die) र नेशनल जियोग्राफी National Geography) द्वारा निर्मित जिसस लिभ्ड इन इण्डिया (Jesus lived in india) आदि वृत्तचित्रहरू हेरेमा र प्रोफेसर फिदा हसेनद्वारा लिखित ए सर्च फर द हिस्टोरिकल जिसस (A Search for the Historical Jesus) आदि प्रमाणिक तयले भरपूर ग्रन्थहरूबाट यो प्रमाणित भएको छ कि यिशु क्रिष्ट तेह्र वर्षका उमेरमा व्यापारीहरूको झुण्डका साथ भारत आई काश्मिर, राजगीर, वाराणसी, जगन्नाथपुरी, नेपाल, तिव्वत आदि ठाउँहरूमा भ्रमण गरी वौद्ध धर्म राम्ररी अध्ययन गर्नु भएको हो । नेपालमा उहाँले ६ वर्ष विताउनु भयो भन्ने कुरा होल्जर क्रिष्टनको कितावको ११ पानाबाट प्रष्टै प्रमाणित छ । नोटोभिचको दस्तावेजमा यतिसम्म वर्णन गरिएको छ कि ‘यिशुले हिमालय पर्वत श्रृंखलाभित्र प्रवेश गरी नेपाल नामक ठाउँमा ६ वर्ष दत्तचित्त भई वुद्ध धर्मका अध्ययन गर्नु भएको थियो ।’ (The Unknown life of Jesus -p.11)
त्यसपछि २९ वर्षको उमेरमा स्वदेश जुडियामा फर्किएर जानुभयो र भारतखण्ड, नेपाल आदिमा सिकेको ज्ञानगुन प्रचार गर्न थाल्नुभयो । त्यहाँको तत्कालिन राजनैतिक परिस्थितिमा उहाँलाई एक अपराधीका रुपमा जुडयामा भएको रोमन सरकारले क्रुसमा काँटी ठोकेर मार्ने प्रयास गर्यो । यो सवैलाई विदितै छ तर क्रुसमा उहाँको मृत्यु भएन । उहाँका चेलाहरू जोसेफ, निकोडोमस र एक जनासेनाका अधिकृतका मद्दत र सेवाले स्वस्थ भई भारतको काश्मिरमा फेरि फर्किएर आउनु भयो । होल्जर क्रिष्टनका भनाइमा -‘क्रसमा झुण्डिएका जिससलाई कडा खाले पैनकिलर मात्र नदिएर डोज पनि यत्ति मात्रामा दिइएको थियो कि उहाँ चाँडै वेहोस हुनुहोस् र उहाँको टाउको लत्रिएर मरेको जस्तो देखियोस् ।’ (Jesus Lived in india p. 171) यो दिने मान्छेको नाम सेञ्चुरियन लङ्गिनस (Centurian Longinus) हो । सेञ्चुरियन शव्दको अर्थ सय वटा सेनाको कमाण्डर हो जो जिससको भक्त थियो र त्यसपछि वेहोस जिससलाई क्रुसबाट उतारी १०० किलो घ्यूकुमारीको लेदो र ६५ किलो रुखको खोटोमा चाँडै निको पार्न सुताएर राखियो । जिससलाई क्रुसबाट ओराल्दा शरीरबाट रगत वगेको थियो तर मरेको मान्छेको रगत बग्दैन । हाल्जरका भनाइमा हातखुट्टामा काँटी गाडी क्रुसमा झुण्ड्याउँदैमा मानिस यत्ति चाँडै मरिहाल्दैन । फिलिपिन्समा अहिले पनि तीन दिनसम्म क्रसमा मानिस झुण्डिएर बाँचिरहन सक्छन् भनी वीवीसीले पनि वृत्तचित्रमा बताएको छ ।
बाइबलमा भएका वर्णनहरूका बारेमा पनि आजभोलीका शिक्षित र विद्वान क्रिश्चियनहरूमा नाना किमिसका शंका उपशंका उव्जिएका देखिन्छन् । पहिला त कुमारी केटीले बच्चा पाउनु, दोस्रो क्रुसमा झुण्डिएर पनि मृत्यु नहुनु, मरेको मान्छे तीन दिनमा फेरि जिउँदो भइहाल्नु, मरेको ल्याजरस भन्ने केटालाई चिहानमा गाडेपछि जिससले परबाट उसको नाम लिई बोलाउँदा आइदिनु आदि सवै कुराहरू झुट र कपोलकल्पित देखिन्छ । किनभने यहुदी परम्परामा मुर्दालाई चिहानमा हाल्नभन्दा अगाडि सम्पूर्ण शरीरलाई बलियो कपडाको पट्टीले बेरिएको हुन्छ । त्यो च्यातेर निस्कन जिउँदाका लागि त सम्भव हुँदैन भने मुर्दालाई कसरी होला ! माइकेल बाइजेण्ट (michel baigent) ले आफ्नो किताव दि जिसस पैपर्स -The Jesus Papers_ को १२३ पानामा भन्नुहुन्छ ‘यसमा कुनै सन्देह छैन कि बाइबलको न्यू टेष्टामेन्ट एउटा नराम्रो इतिहास हो । यस कितावका विषयवस्तुहरू विरोधाभासपूर्ण, अपूरो, मानव मनमा भ्रम सृजना गर्ने र पूर्वाग्रहपूर्ण रहेका छन् ।’ यसको प्रमाण बाइबलमा पलले रोमन्स, कोरिन्जियन्स, टिमोथी, हिब्रू आदिलाई गरेको प्रवचनहरूबाट प्रष्टै देखिन्छ । होल्जरले आफ्नो कितावमा भन्नुहुन्छ ‘बाइबलबाटै प्रमाणित हुन्छ जिससको मृत्यु भएको थिएन । जो मरेकै हुँदैन उसको पुनरुत्थानको त कुरा नै आउँदैन । वस्तुतः बाइबल र चर्च दुवै जिससको भारत आगमनका पछाडि उहाँका चेलाहरूले आफ्नै हिसावले निर्माण गरे ।
पलले बाइबल त बनाएको छैन, उसले संस्था मात्रै बनायो । बाइबल भन्ने नै त्यस समयमा रचिएको थिएन । बाइबल यिशुको मृत्युपछि उहाँका चारजना चेलाहरु जोन, मार्क, मेथुर र ल्युकले बनाए । यसमा पत्याउन नसकिने अचम्मका कुराहरु राखिनाका कारण उनीहरुकै शत्रुको धर्मग्रन्थ बाइबल ओल्ड टेष्टामेण्टमा अब्राहम, मोजेज, जोसेफ आदि धर्मगुरुको जीवनसित निकै अचम्म अचम्मका अवास्तव कथाहरु भएका हुनाले हो । यिशु आधुनिक भए तापनि उहाँलाई अतिमानव प्रमाणित गर्नका लागि चेलाहरुले वनावटी र झुटा कथाहरु आफै थपिदिए । समस्या के हो भने बाइबलको ओल्ड टेष्टामेन्ट यहुदीहरुको धर्मग्रन्थ हो र न्यू टेष्टामेण्ट क्रिश्चियनहरुको धर्मग्रन्थ हो । यी दुवै धर्मग्रन्थहरु आम तौरमा सँगै देखिन्छन् । जब कि यहुदी र क्रिश्चियनहरुको सम्पर्क न्याउरी मुसो र सर्पको जस्तै हो ।
प्रश्न यो हो, तत्कालिन विश्वको सवभन्दा बलिष्ठ र प्रभावशाली राजनैतिक नेता जुलियस सिजरद्वारा प्रतिष्ठित रोमन सरकारले दिएको मृत्युको सजायबाट बडा मुस्किलले ज्यान जोगाई आफ्नो जिसस नामलाई युज आसफ -yuz asaf_ मा बदलिई भारतको काश्मिरमा लुकेर वसेका जिससले यूरोपमा चर्च या संगठन बनाउने फुर्सद कहिले पाउनु भयो ? उहाँलाई आफ्नो संघ संस्थाबारे केही थाहा नै रहेनछ । यो चलिरहेको चर्च र क्रिश्चियन धर्म सृजन र विस्तार गर्ने व्यक्तिको नाम पल हो । अन्य शव्दमा सेण्ट पल पनि भनिन्छ । पलको पूर्व नाम थियो सल । यिशुकै प्रचारकालमा जुडियामा यिशुका चेलाहरुलाई यहुदीहरुले घेरेर ढुंगाले हिर्काई मार्ने चलन थियो । सल बालक थियो र उसको काम थियो यिशुभक्तहरुलाई मार्ने हत्याराहरुले मान्छे मार्दाका समयमा फुकाएर राखेका कपडाको हेरचाह गर्ने । जुडियाबाट जिसस अन्तर्धान भएपछि हत्याराहरुको सवभन्दा ठूलो नेता पल नै बन्यो । उसले संगठित रुपले जिससका भक्तहरुलाई मार्न थाल्यो । बाइबलमा भनिएको छ -But Paul, Threatening With every breath and eager to destroy every christian, went to the high priest in jerusalem. He requested a letter addressed to synagogues in damascus, requiring their cooperation in the persecution of any believers he fouund there, both men and women, so that he could bring them in chains to jerusalem' (The Living Bible. Acts -9) ‘तर पलले आफ्नो सम्पूर्ण जिउज्यानले हरेक क्रिश्चियनलाई नाश गर्ने निधो गरी आतंक सृजना गर्दै जेरुसेलमको सर्वोच्च पुरोहित कहाँ पुग्यो (जसले यिशुलाई क्रुसमा चढाएको थियो ।) सर्वोच्च पुरोहितसँग उसले दामास्कसको साइनागग (यहुदीहरुको धर्म मन्दिरहरु) लाई सम्वोधन गरी त्यहाँ वस्ने नारीपुरुष सम्पूर्ण क्रिश्चियन भक्तहरुलाई समात्न सहयोग पाउने गरी सिफारिसपत्र माग्यो, ताकि ऊ ती भक्तहरुलाई साङ्लोमा बाँधेर जेरुसेलममा लिएर आउन सकोस् र त्यसपछि तिनीहरुलाई आफू खुसी सजाय दिन पाओस् ।’
यस्तै यिशुभक्तहरुको हत्याको मिशन लिएर ऊ दामास्कस भन्ने ठाउँमा जव पुग्यो तव एकाएक स्वप्नमा उसले यिशुलाई देख्यो भन्ने कुरा आउँछ र त्यसपछि ऊ यिशुको अनुयायी वनी ग्रीस र रोममा गएर क्रिश्चियन धर्म प्रचार गर्न थाल्यो । यिशुको अनुयायी बने तापनि उसको हत्या प्रवृत्ति अझै बाइबलका पानाहरुमा उल्लेखित छ । वस्तुतः ऊ अगाडि यिशुका अनुयायीहरुलाई मार्ने प्रवृत्ति लिएर हिँड्थ्यो भने अहिले त्यही प्रवृत्ति उसले आफूले स्थापित गरेको क्रिश्चियन धर्ममा आरोपित गर्यो । माथि बताइएका कुराहरुबाट यो प्रष्टै देखियो कि तत्कालिन जुलियस सिजरको नेतृत्वमा चलेको कट्टर र तानाशाही सरकारको कानुन नै भगवान्को कानुन तथा चर्चको कानूनका रुपमा घोषित हुनगयो, न कि वाइवलमा भएका यिशुका मानवतापूर्ण वाणीहरु । यो नितान्त एउटा असंगतिपूर्ण कुरा हुन गयो । किनभने कुनै समाजको धर्मग्रन्थलाई इश्वरको वाणीको रुपमा मानिएको हुन्छ । त्यसलाई एउटा अस्थायी सरकारले बनाएको कानून र संविधानका साथमा गास्नेवित्तिकै त्यसको महत्व सुगालाई पिंजडामा थुनेको जस्तो घटेर जान्छ ।
हामी हिन्दुहरुको मूल धर्मग्रन्थ गीता हो यसलाई हालसाल कुन सरकारले कस्तो संविधान वनाउँछ, न त त्यसका साथमा गाँस्न मिल्छ, न त हिन्दुधर्ममा पालन गर्ने धर्मीय आचारआचारण र नियमहरु नै भर्खर जन्मेको सरकारले निर्माण गर्न सक्छ ? फेरि अर्को सरकार आएर कस्तो संविधान वनाउला त्यसका साथमा गीता जस्तो शास्वत र पवित्र वाणीलाई कसरी जोड्न मिल्ला ?
सबभन्दा हाँसो उठ्दो कुरा त यो हो कि पुलिसलाई पनि सरकारले होइन भगवानले पठाएको भनी उसले दावा गर्दैछ । रोम सरकारलाई नमान्नु भगवानलाई नमान्नु बराबर हो । रोम सरकार भगवानको सरकार हो र त्यसले खटाएका ज्यानमारा पुलिसहरु उसका देवदूतहरु हुन् । जनताचाहिँ सबै पापीहरु हुन् । यिनीहरुलाई पेलेर उद्दार गर्ने जिम्मेवारी रोमन सरकार, पुलिस, पल र चर्चको नै हुनगयो । भनाइको मतलव रोमको सरकारले जनताको धर्मीय मनोभावलाई पलसित मिलेर चर्चको नाममा पुरै कव्जामा राखेको थियो । यस्तो दवाउने धर्मप्रक्रियाबाट कुनै ज्ञानगुन भएको महापुरुष जस्तो की हाम्रो कबीर, नानक, तुलसी, मीरा, वुद्ध, विवेकानन्द आदि व्यक्तित्वहरु उत्पादन हुन सक्दैनन् । बरु त्रासले भरिएका गुलामहरु यिशुक्रिष्टका नाममा सृजना भएका देखिन्छन् र हाल पैसाको लोभले धर्मपरिवर्तन गर्नेहरुमा पनि कुनै अनुभूति र उच्चदर्जाको ज्ञानगुन प्राप्त भएका देखिदैनन् । परिणाममा यस्तो अनैतिक धर्मपरिवर्तनले राष्ट्रमा फोहोरी राजनीति र आपसमा कलह मात्रै सृजना गर्छ, आनन्द शान्ति ल्याउने आशा नै छैन । वस्तुतः विश्वमा क्रिश्चियन धर्मले पैसा र राजनैतिक बलले समाजमा एकअर्कासित केवल संघर्ष लगाइदिने काम नै गरिरहेको हो र मानवजातिको अस्तित्वलाई झन्झन् जटिल बनाउँदै गइरहेको पाइन्छ । यिनीहरुमा सही मति हुन्थ्यो भने हिन्दु मन्दिर र धर्मक्षेत्रहरुको छेउमा चर्च र चिहान वनाउने मतलव हुने थिएन । हिन्दुहरुमा व्याप्त जातिभेदले पनि हिन्दुलाई यो विदेशी क्रिश्चियनको शिकार बन्नु पर्ने हुनगयो । त्यो जे होस्, हाम्रो समस्या हामी नै समाधान गर्न सक्छौ त्यसका लागि विदेशी क्रिश्चियनको आवश्यकता छैन ।
रोमन सरकारले तत्कालिन जुन खुंखार राजनीति चलाएको थियो त्यसको नियम नै चर्चको मूल नियम हुनगयो । त्यति मात्र नभई चर्चले सरकारलाई पनि दवाएर अरु खुंखार संस्था सृजना गर्यो । यस्तो तानाशाही चर्चको मूल व्यक्तिलाई पोप नामले सम्वोधन गरियो । चर्चले जे भनेको हुन्छ त्यो कुरा सरकारले मान्नै पर्छ । चर्चले कुनै व्यक्तिलाई सजाय दिए, हत्या गरे या जुनसुकै निर्णय लिएमा सरकारले केही भन्न पाउँदैन । यसमा यिशु र उनको उपदेशको कुनै सम्पर्क र तालमेल रहेनछ । केवल उनको नाम अगाडि राखेर तानाशाही, हत्या र हिंसालाई नै क्रिश्चियन धर्मले आफ्नो प्रचार-प्रसारको आधार बनाउन गयो । त्यसमा पनि जव हामी हिन्दु र वौद्धहरुलाई अहोरात्र नाम जप, ध्यानधारणा, पूजापाठ, योगतप आदि गरेर पनि मुक्तिको मार्ग खोल्न गाह्रो देख्छौ, कहिलेकाहिँ चर्चमा भेला भई प्रार्थना गर्दैमा मुक्तिको मार्ग खुल्छ भन्नु हात्तीलाई एक मुठ्ठी जीरा ख्वाएर खुसी पार्नु जस्तै हुन् गयो । विचरा ! शिक्षित र उदार धर्म खोज्ने क्रिश्चियनहरुले विस्तारै यो कुरा बुझ्नु पर्छ र अन्तमा गएर परिपूर्ण र प्राज्ञ सनातन हिन्दुधर्मकै शरण लिनु पर्छ । यसमा शंकाको गुञ्जायस छैन । नस्तारदामसको पनि भविष्यवाणी त्यस्तै देखिन्छ ।
बाइबलमा कुमारीबाट बच्चा पाउनुदेखि मरेको यिशु बौरी उठ्नु सम्म धेरै कुराहरु आजभोली जसरी निराधार प्रमाणित भइरहेको छ त्यसरी नै सम्भवतः पोपले पनि दामास्कसमा यिशुलाई भेटेको भन्ने कुरा पक्कै काल्पनिक रचना हुनुपर्छ । जडियाका त्यस समयका रोमन प्रशासक पुण्टियस पाइलटकी प्यारी पत्नी पनि यिशुकै भक्त थिइन् र उनले पुण्टिस पाइलटलाई पनि यिशुकै भावधारामा भावित गराइसककी थिइन् । त्यति मात्रै नभई धेरै रोमन सेनाका मुख्य मुख्य अधिकृतहरुले पनि यिशुलाई मानिसकेका थिए । जस्तो कि इटालियन गणको एकजना क्याप्टेन कोर्निलियस, सेञ्जुरियन लङ्गिनस आदि थुप्रै यस्ता थिए -Act 10 bible_। सम्भवतः जुडिया र नजारेथमा भएका यी रोमन यिशुभक्तहरुले उचालेर मद्दत र सिफारिस दिई पपलाई रोममा पठाइ क्रिश्चियन चर्चहरु बनाउनमा सफल पारे । किनभने जुडियामा भएका प्रवासी रोमनहरुले नातागोतालाई गरिदिएको सिफारिसले पलको काम झनै सजिलो भयो । बाइबलमा रोमनहरुप्रति पलले लेखेको लामो चिठी तथा गरेको प्रवचन अत्यन्त पूर्वाग्रहले भरिएको पाइन्छ । उदाहरणका लागि ऊ भन्दछ –Notice how god is both kind and severe. He is very hard on these who disobey, but very good to you if you continue to love and trust him. but if you dont', you to will be cut off. '(romans 12 page 908) ‘हेर, भगवान् एकापट्टि दयालु हुनुहुन्छ भने अर्कापट्टि कठोर पनि हुनुहुन्छ । तिमीले उहाँलाई माया र विश्वास गरेमा तिमीलाई राम्रो गर्नुहुन्छ । तिमीले उहाँलाई माया र विश्वास गरेमा तिमीलाई राम्रो गर्नुहुन्छ । नगरेमा खतम पारिदिनुहुन्छ ।’ यिशुलाई नमान्ने तथा विना अपराधले हत्या गर्ने यहुदीहरुप्रति उसको अक्रोश विशेष रुपले देखिन्छ । एवं प्रकारले क्रिष्ट धर्मको शुरुवात नै एउटा राजनैतिक प्रतिद्वन्द्वीता र संघर्षको रुपमा हुन गयो न कि मनुष्यलाई शान्ति, सुख र ज्ञान प्रदानका लागि ।
अव यहाँ सबभन्दा आश्चर्यको कुरा के लाग्छ भने जुन रोमन सरकारले यिशुक्रिष्टलाई क्रुसमा काँटी ठोकेर मार्ने आदेश दियो त्यही सरकारलाई मान्नुपर्छ भनी सरकारको प्रशंसा गर्दै पलले भन्दै छ–'obey the government, for god is the one who has put it there. There is no government anywhere that god has not placed in power. So thse who refuse to obey the laws of the land are refusing to obey god, and punishment will follow. for the poiceman does not frighten people who are doing right, but those doing evil will always fear him. so if you dont' want to be afraid, keep the laws and you will get well. the policeman is sent by god to help you. but if you are doing somthing worng , of course you should be afraid, for he will have you punished. he is sent by god for that very purpose.' (romans 13 the living bible) … ‘सरकार (रोमन) लाई मान्नुपर्छ किनभने भगवान्ले नै यो सरकार बनाएका हुन् । यस्तो कुनै सरकार हुँदैन जसलाई भगवानले शक्ति दिएका हुँदैनन् । त्यसैले जुन मानिसहरुले राज्यको कानुनलाई इन्कार गर्छन् तिनले भगवान्लाई पनि इन्कार गरेका हुन्छन् । परिणामले सजाय पनि भोग्नुपर्छ । राम्रो गरिरहेको मान्छेलाई पुलिसले तर्साउँदैन तर अन्याय गरेकोले तर्सिनुपर्छ । अतः यदि तिमी तर्सिन चाहदैँनौ भने कानुन पालन गर राम्रो रहने छौ । भगवान्ले नै तिमीलाई मद्दत गर्न पुलिस पठाएका हुन् तर तिमीले उल्टो काम गरे तर्सिनु पनि पर्छ र सजाय पनि पाउँछौ । पुलिसलाई भगवानले नै पठाएका हुन्छन्, सजाय दिनका लागि ।’
यसबाट यो प्रष्ट देखिन्छ पलले कसरी सरकारको कानुनलाई भगवानको कानुन भनी राजनीति र धर्मलाई कुटनीतिक रुपले जोडिदिएको हो । वस्तुत यहुदीहरू नै क्राइष्टका शत्रु थिए न की रोमनहरू । यही नै कारण हो जुन रोमन सरकारले क्राइष्टलाई जुडियामा अत्याचार गरे, त्यहि रोममा नै उसले सजिलैसित राजनीति आधारीत चर्च बनाउन सक्षम भयो । पलको यो क्रुरतापूर्ण राजनीतिक धर्मको साकार रुप परिवर्तीत कालमा भ्याटिकन चर्च हुन गयो जसले युरोपको सम्पूर्ण देशहरूको राजनीतिलाई अघिनायक तत्वको रुपमा आफ्नो अधिनमा लियो र जनतालाई पनि जोरजबरजस्ती गरी अत्याचारले क्रिश्चियन धर्मको अनुयायी बनायो । वस्तुत युरोपमा त्यस जमानामा दुई चार वटा ग्रीक र रोमन देवदेवी बाहेक धर्म नै कहाँ थियो र ?
चर्चलाई नमान्नेहरू खुलेआम जिउदै जलाइन्थे ताकि जनताले शिक्षा पाउँन र चर्चविना तिनीहरूको कुनै जीवन छैन । मन परोस या नपरोस हरेकले चर्चको कुरा मान्नै पर्छ, कस्तो तानाशाही । पल पहिले इशुको शत्रु भएकोले उसलाई क्राइष्टले दिएको उपदेश र वाणीहरू नै थाहा थिएन र त्यस समय वाइवल पनि बनेको थिएन । अतः क्राइष्टको अन्तर्धानपछि एकाएक क्राइष्टको अनुयायी बनेको पलले कुन आधारमा चर्चको निर्माण र विस्तार गरेको होला । यिशुले उसलाई कुनै कानुन या विधिविधान बताउनु भएको भनी बाइबलमा उल्लेख छैन । तसर्थ यसबाट बुझिन्छ की पलले रोमन सरकारसित मिलेर आफ्नो सोच र प्रबृति अनुसार चर्चको प्रतिष्ठा गर्यो । वस्तुत जिजस र उहाँको भावधारासित यसको कुनै सम्पर्क रहेन ।
पल स्वयं खुंखार हत्यारा थियो, अतःउसले प्रतिष्ठा गरेको क्रिष्चियन संस्थामा पनि हिंसा हत्या बलमिच्याई शुरुदेखि नै चलनमा रह्यो । होल्जर क्रिष्टन आफ्नो किताबको २३२ पानामा उल्लेख गर्नुहुन्छ । paul insists that on account of the sin of Adam all people are subject to the wrath of God from the start (see Eph. sians 2.3) and are lost without axception (Romans 5.18.1 Corinthians 15.18) and are lost without exception (Roman 3.9. Galatians 3.22 Colossians 2.14 ) God has given his judgement of condemnation against people (Roman 5.16 ) पलले ठोकुवाका साथ भन्छ एड्मको पापले संसारभरि सबै मानिसहरू शुरुदेखि इश्वरको रिसको शिकार बन्न गए र सबैले मार्ग विर्सिएका छन् । सबै पापका शिकार बन्न गए यसकारण सबैले भगवानले दिएको सजाय भोग्नु पर्छ । अर्थात यसबाट देखिन्छ विश्वका सबै मानिसहरू पापी हुन र तिनीहरूलाई छलबल र धुर्त्याईले उद्दार गर्नै ठेकेदारी पल र रोमले बनाएको चर्चले मात्रै साक्षात भगवानबाट प्राप्त गरेको छ । धर्मको नाममा कस्तो कुसंस्कार, रुडिवादी, भ्रान्त धारणा र तानाशाही फैलाउदै गएको छन्, यी युरोपेली क्रिष्चियन चर्चहरू ! क्रिष्चियन धर्म नमान्नेलाई दबाउने र पेल्ने आदेश चर्चलाई नै भगवानले दिनुभएको हो यहि सिद्धान्तका आधारमा नै अहिलेसम्म क्रिश्चियन धर्म चलिरहेको हो भन्ने कुरा हामीले अगाडी नै उल्लेख गरिसकेका छो । हाम्रा विचारमा यो पल भन्ने व्यक्ति धर्मका नाममा विषाक्त कलहको बीज छर्ने खलपात्र हुन गयो ।
वस्तुतः क्रिश्चियन समाजमा पनि पलको त्यति महत्व देखिँदैन किनभने क्रिश्चियन नेताहरुले पनि यो कुरा पक्कै अन्तरमा बुझिसकेका छन् । मध्ययुगको त्यो राजनैतिक तानाशाही आजको गणतान्त्रिक युगमा सम्भव नभएका कारणले पैसा बाँडेर र रोग निको पार्ने प्रलोभनमा विश्वबाट लुप्त हुन आँटेको क्रिश्चियन धर्मले श्वास लिन खोजिरहेको छ । विचरा सोझासादा क्राइष्ट कहाँ र कहाँ यो खुंखार पलले सृजना गरेको क्रिश्चियन धर्म !!! फेरि, बाइबलमा जिसस क्राइष्टको उद्गार र चालचलनमा पनि धेरै कुराहरु स्वविरोधी देखिन्छन् । पहिला कुरा, जव उहाँलाई थाहा थियो कि केही समयपछि उहाँको यस्तो भयावह दुर्दशा हुनजान्छ, उहाँले जानी-बुझी त्यस्तो आसन्न दुर्दशाबाट आफूलाई किन बचाउने प्रयास गर्नु भएन ? दोस्रो कुरा जुन प्रश्न मुख्य पुरोहितका मानिसहरुले उहाँलाई सोधेका थिए -‘भत्केको मन्दिरलाई तीन दिनमा पुननिर्माण गरिदिन सक्छु भनेर तिमीले जुन दावा गरेका थियौ र मरेको मानिसलाई बचाउन सक्ने सामर्थ्यको मान्छे अहिले क्रुसमा किन चिच्याइरहेका छौ ? त्यहाँबाट ओर्लिएर हामीलाई देखाई देऊ न ।’ उहाँले पुरोहितको मागअनुसार यी कुनै पनि काम गर्न सक्नु भएको थिएन । उहाँका चेलाहरुले उहाँको चमत्कारपूर्ण कार्यहरुको यत्ति प्रचार-प्रसार गरे, तर राजा हेरदका अगाडि बाँधेर लिएर आउँदा हेरदले भने -‘कमसेकम एउटा अचम्मको कुरा त मलाई गरेर देखाऊ । अनि म बुझ्छु ।’ पुनः आग्रह गरे तापनि जिसस चुप लागेर उभिरहनु भयो । अनि हाँसेर हेरदले भन्यो ‘यो मुर्खले एकाएक ‘म यहुदीको राजा हुँ ।’ भनी प्रचार गर्नाको तात्पर्य के होला ? एवंप्रकार धेरै चित्त नबुझ्दा र असंगतिपूर्ण कुराहरुले बाइबलका पानाहरु भरिएका पाइन्छन्, जसको वर्णन गर्न गए किताव लामो हुन्छ ।
एउटा कुरा उल्लेख गर्नु नै पर्ने देखियो । हाम्रो उपनिषद्मा सोऽहम्, अहं व्रह्मास्मि आदि मन्त्रहरु साधकले मनमनमा जपेर व्रह्मको अनुभूति गर्नका लागि वनाएको देखिन्छ । अनुभूति पनि अन्तरात्मामा नै हुन्छ बाहिर देखा पर्दैन । तर अद्वैत साधनाको जति उच्च साधक भए तापनि बाटोमा चिच्याएर जनतालाई ‘हेर भाइ हो ! म नै त्यही सर्वशक्तिमान व्रह्म हुँ’ भनेर करायो भने वरिपरिका मानिसहरुलाई रिस त्यसै चढिहाल्छ । पागल भनेर ढुंगा हिर्काउन पनि वेर गर्दैनन् । ठ्याक्क त्यही कुरा यिशुले खुलेआम मानिसका अगाडि भन्न थाल्नु भयो ‘म र मेरा पिता अर्थात् परमात्मा एउटै हौं, म भगवानको छोरो हुँ’ आदि आदि । यसबाट शक्तिशाली यहुदी संस्थाका नेताहरुलाई डाहा र जलन हुनु त स्वभाविक नै हुन्छ । पक्कै सामाजिक र सामरिक हिसावले तिनीहरु यिशुभन्दा हजारौं गुणा बलशाली देखिन्छन् । त्यसको साक्षी बाइबलले नै दिन्छ ।
महाभारतमा पाण्डवभन्दा कौरवहरुको संख्या र शक्ति धेरै गुणा अधिक थियो । तथापि कृष्णका छत्रछाया र प्रतापले पाण्डवकै जय भयो भन्ने कुरा सवैलाई थाहा छ, जव कि त्यस लडाईमा कृष्णले अस्त्रसम्म उठाउनु भएको थिएन, केवल अर्जुनको सारथी हुनुभयो । कृष्णको भनाई ‘यतोःधर्म ततोःजय’ अर्थात् जहाँ धर्म छ त्यहाँ जय अनिवार्य छ । हिन्दीमा भनिएकै छ ‘जाको राखे साइयाँ मार सके ना कोही ...।’ यता यिशुको मामलामा उल्टा देखियो । जहाँको जीवनमा विरोधी शक्तिलाई आफ्नो धर्मबलले परास्त गर्न नसक्नु विरोधाभासपूर्ण कुरा हो र अहिले उहाँको नाम लिएका चेलाहरुले पनि धर्म र ज्ञानद्वारा मानिसलाई प्रभावित नपारी केवल पैसा आदि बाँढेर, जालझेल गरेर र झुटो कुराहरु भनेर धर्म नबुझ्ने मानिसहरुलाई वटुलेर क्रिश्चियन संस्था बनाउने प्रयास कत्तिको इज्जतदार र शोभनीय देखिन्छ ? यो एउटा गम्भीर प्रश्न हो ।
संसारको नरसंहारको इतिहासमा सबभन्दा बढी नाम क्रिश्चियनहरुकै आउँछ । ११ औं शताव्दीमा प्यालेष्टाइनमा क्रिश्चियन र मुसलमानवीच ११ पटकसम्म भएको क्रुसेड अर्थात रक्तपातपूर्ण संघर्षको कुरा इतिहासका पानामा अमिट छ । कुन कालमा कुन यहुदीले यिशुलाई जिस्क्याएको हो त्यसको सजाय करोडौ यहुदीहरुलाई हिट्लरले वीभत्स रुपमा मृत्युको घाटमा उतारिदिएको कुरा र विश्वभरि उपनिवेश बनाएर युरोपेली क्रिश्चियनहरुले अस्त्रवलले कमजोर देशहरुलाई कसरी पेले भन्ने कुरा हामीले दोहोर्याउनु पर्दैन । क्रिश्चियन धर्ममा न विज्ञान न त दर्शन छ । छ भने अन्धविश्वास र जवरजस्ति । आजको शिक्षित युगमा अव यस्तो मुढे वलले धेरै परसम्म धान्न सक्दैन । हाम्रो विश्वासमा आउने एक सय वर्ष भित्र क्रिश्चियन, कम्युनिष्ट, राजतन्त्र र यस्तै तानाशाही शासन प्रक्रियाहरु पृथ्वीबाट निश्चय नै विलुप्त भएर जान्छन् किनभने विश्व जनमासनमा चाँडै नै विवेक र विचार बढ्दै गइरहेको छ । मानिस कुनै किसिमका व्यक्ति, सरकारी या धर्मीय तानाशाहीको वन्धनमा बस्न रुचाउँदैन ।
यता हिन्दूधर्म, शान्ति, ज्ञान, संस्कृति र सभ्यताले भरपुर र विश्वलाई मृत्युका भय जित्न र आफ्नो दुःख दूर गर्न उदार आह्वान र मार्गदर्शन हजारौ वर्ष अगाडिदेखि नै गर्दैछ । त्यस समयमा न वुद्ध धर्म, न क्रिश्चियन धर्म, न मुसलमान धर्म नै थियो । उपनिषद्मा ऋषि भन्नुहुन्छ –
श्रृण्वन्तु विश्वे अमृतस्य पुत्रा ।
आ ये धामानि दिव्यानि तस्थुः ।
वेदाहमेतं पुरुषं महान्तमादित्यवर्ण तमसः परस्तात् ।
तमेव विदित्वाति मृत्युमेति नान्यः पन्था विद्यतेऽयनाय ।
(श्वेताश्वत्तरोपनिषद्)
हे विश्वमा भएका अमृतका सन्तानहरु ! मैले अज्ञानताको अन्धकारभन्दा पर सूर्यजस्तो तजिलो पुरुषलाई जानेको छु । त्यसलाई जानेर मात्रै मानिसले मृत्युलाई जित्न सक्छ । अर्को कुनै मार्ग छैन । हिन्दुधर्मले मानवप्रति गहिरो सहानुभूति राख्दै, भन्छ – हेय छ अर्थात मनुष्यमा दुःख छ, हेयहेतु अर्थात् दुःखको कारण छ, हान अर्थात दुःख निवृत्ति हुनसक्छ र हानोपाय अर्थात त्यसको उपाय पनि छ । उपाय के हो भने योगविद्या । नित्यदिन हरेक व्यक्तिले समय निकाली भक्तियोग, ज्ञानयोग, कर्मयोग, हठयोग, राजयोग आदिको अभ्यासद्वारा आफूलाई निरोग, स्वस्थ र सुखी वनाउन सक्छ । यस्तो परम्परागत सुप्राचीन, सर्वजन स्वीकृत वैज्ञानिक धर्मलाई छोडेर द्वन्द्वात्मक र शंकास्पद क्रिश्चियन धर्ममा पैसा आदिको प्रलोभनले केवल धर्म नबुझ्ने अज्ञानीहरु मात्रै फस्न अघि सर्दछन् ।
सम्पूर्ण नेपाली दाजुभाई, आमा, दिदीवहिनीहरुप्रति हाम्रो आग्रह के हो भने संवैधानिक र गणतान्त्रिक रुपले हिन्दु राष्ट्र घोषित नभएसम्म समग्र राष्ट्रप्रेमी जनता कम्मर कसेर सक्रिय भइरहनुपर्छ ।
जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी
आफ्नो जननी र जन्मभूमि स्वर्गभन्दा ठूलो हुन्छ । यो कुरा विर्सनु हुँदैन ।
हरि ॐ तत्सत् ! हरि ॐ तत्सत् !! हरि ॐ तत्सत् !!!
आधुनिक शिक्षाको व्यापकताका साथसाथ विश्वभरि क्रिश्चियन धर्मको जनप्रियता हराउँदै जानका कारणहरु :
१. वैज्ञानिक शिक्षाको प्रसारले गर्दा मानिसले हरेक कुरालाई युक्ति र तर्कद्वारा विचार गरेर मात्र ग्रहण गर्न सिकेको छ, अन्धविश्वासले होइन । ठोस युक्ति नभएका कारणले वाइवलका कथाहरु आधुनिक कालमा शिक्षित मानिसहरुलाई बालकलाई भुल्याउने कथाजस्ता लाग्छन् ।
२. चर्चले चलाएको क्रिश्यिचन धर्ममा यिशुको नामवाहेक उहाँको अरु कुनै भूमिका नभएका कारणले । अर्थात चर्चले यिशुको ज्ञानसित मतलवै नराखी उहाँको नामलाई राजनैतिक हिसावले प्रयोग गर्नाले ।
३. मिथ्याचार, झुठा आश्वासन, पैसाको प्रलोभन र रोन निको पार्ने वहाना गरेर अशिक्षित र आनीहरुमा क्रिश्चियन धर्मसम्प्रदाय फैलाउने प्रयासले गर्दा ।
४. मानवता, सत्यता र इश्वरप्राप्तिको यसमा नामै छैन । कुनै ठोस दर्शन, आध्यात्मिक ज्ञान तथा धार्मिक क्रियाको पनि यस धर्ममा अभाव देखिन्छ ।
५. विश्वका अरु पुराना धर्महरुलाई होच्याउने गरी एक क्रिश्चियन धर्मको ढ्याङ्ग्रो यी क्रिश्चियन संस्थाहरुले अन्धो रुढिवादी भई बजाउने गर्नाले ।
६. कुनै व्यवहारिक अनुभुति र चित्तबुझ्दो धर्मसाधना नभई केवल एकोहोरो आस्था र आफ्नो दल बढाउलनमा नै यो धर्म चलिरहेका कारणले ।
(स्वामी चन्द्रेशद्वारा लिखित रहस्य के हो ? नामक बुकलेटबाट)
No comments:
Post a Comment