Friday, March 15, 2013

मुक्तिको जुक्ति नयाँ शक्ति



-नोर्भु घले डोल्पो ‘बुद्ध‘
निंद्रा नलागेको मान्छेलाई रात लामो भएको । थकाई लागेको मान्छेलाई १ माईलको बाटो लामो भएको । सम्यक दृष्टि नभएको मान्छेलाई जीवनको यात्रा लामो भएको । अविद्या र तिृष्णाले दुःखको घर बनाएको । जन्म, जरा, व्याधी, मरणको दुःख भवचक्रमा सर्वप्राणी घुमी रहेको । सबैको सम्मान गरी पञ्च–अभिमान झारेको । सादा जीवन उच्च विचार, सम्यक दृष्टि, माध्यमिक मार्ग बुद्धको । सदैव यसको अनुशरण गर्नु परेको । जिउँन जान्नु मर्न सिक्नु परेको । लोकको लाज, घिन र डर मान्नु परेको । पञ्चशील पालना गरी कर्म र कर्मको फल बोध गर्नु परेको । बोधी लाभ गरी बुद्धत्व प्राप्त गर्नु परेको । दुर्लभ मानव जीवन सार्थक बनाउँनु  परेको ।
सांसारिक मुक्तिको जुक्ति वुद्धको शिक्षा भएको । नेपाली मुक्तिको जुक्ति पहिचानको संघीय संविधान भएको । जातिय पहिचानको संघीय संविधान जीवनमरणको सवाल भएको । यो वुद्धको देश । सबैभन्दा राम्रो हाम्रो देश । हिमाल, पहाड, मधेश–तराई, कोही छैन पराई । मधेशी, पहाडी, हिमाली, हामी सबै नेपाली । उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गको मुक्तिको जुक्ति नयाँ शक्ति । आदिवासी जनजातीको शान राष्ट्रिय पहिचान, आदिवासी जनजातीको पौरख राष्ट्रिय गौरव । आदिवासी जनजातीको अभियान पहिचान सहितको संघीय संविधान । 
उठ है उठ ! उठ्ने बेला भैसक्यो । जुरुक्कै उठ । २५० वर्षे कुम्भकर्णे चीरनिन्द्राबाट उठ । सिंहको बाछो निंद्राबाट विउँझे झैंं गरी उठ ! २५० वर्षे हिन्दु एकात्मक मनुवादी जातिय राज्य अन्त्यको निम्ति उठ ! मुक्तिको जुक्ति नयाँ शक्तिको निम्ति उठ । जातिय पहिचान सहितको संघीय गणतन्त्र संस्थागतको निम्ति उठ ! संविधान सभावाट नयाँ संविधानको निम्ति उठ ! उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गको मुक्तिको जुक्तिको निम्ति उठ ! अग्रगामी वैकल्पिक राजनीतिक शक्तिको निम्ति उठ । शान्ति–समतावाद मूलवासीवाद वुद्धवादको निम्ति उठ ! ऐतिहासिक थात्थलो, जातीय पहिचान स्वायत्त प्रदेश स्वशासन भित्रको स्वाशसन ग्यारेन्टिको निम्ति उठ ! ग्ल्म्च्क्ष्ए र क्ष्ीइ(ज्ञटढ मौलिक हक ग्यारेन्टीकोे निम्ति उठ ! 
पहिचान सहितको संघीयता संघीयता सहितको संविधानको निम्ति उठ ! आत्मनिर्णय अधिकारको राजनीतिक अग्राधिकारको निम्ति उठ ! अल्पसंख्यक जनजातीको स्वशासित, संरक्षित र विशेष क्षेत्र ग्यारेन्टीको निम्ति उठ ! महिला, युवा, विद्यार्थी, दलित, अपाङ्ग, मुस्लिम र मधेशी मुक्ति जुक्तिको निम्ति उठ !हिमाली भोटे र शेर्पा स्वायत्त प्रदेशको निम्ति उठ ! कर्णाली स्वायत्त प्रदेशको निम्ति उठ ! डोल्पो (धोल्पो) स्वशासित क्षेत्रको निम्ति उठ ! 
सामन्ती राजतन्त्रमा गणतन्त्र घोषणा भैसक्यो । एकात्मक हिन्दुराज्यमा धर्मनिर्पेक्ष घोषणा भैसक्यो । आदिवासी जनजातिको युगको उदय भई सक्यो । २५० वर्षे कुम्भकर्णे चिर निन्द्राबाट भूमीपुत्र जनजाति उठी सक्यो । छोईछिटो सामन्ती राज्यमा छुवाछुत मुक्त घोषणा भैसक्यो । 
केन्दिकृत राज्यव्यवस्थामा संघीयता घोषणा भैसक्यो । नारायणहिटी दरबारमा राष्ट्रिय झण्डा फहराई सक्यो । सर्वोच्च शिखर झ्यामोलोङ्गमामा शान्तिको घाम झुल्की सक्यो । पृथ्वीको केन्द्रविन्दुमा बुद्ध झण्डा फहराई सक्यो । त्रिलोक ३१ भुवन बुद्धशिक्षा भग्वान् बुद्धले फैलाएको । २३ भाषामा विश्वव्यापी बुद्धशिक्षा म्याथ्यु रिकार्डले फैलाएको । नेपालव्यापी बुद्धशिक्षा भिक्षु जटिलले फैलाएको । सैन्यजगत्मा बुद्धशिक्षा खेन् छेवाङ सम्डुपले फैलाएको । बुद्धभूमी नेपालमा ज्ञानको ज्योति फैली सक्यो । आदिवासी जनजातीको प्रज्ञाचक्षु खुली सक्यो । 
महंगी, अन्याय, अत्याचारले सगरमाथा चुलेको । १० वर्षे जनयुद्ध माओवादीले चलाएको । अत्याचारी ठालुगिरी भागदौड मच्चेको । प्रत्यक्ष कर्म र कर्मको फल भोग्नु परेको । नेपालको मालिक नेपाली हो । विदेशी प्रभु होइन । आदिवासी जनजातीको मालिक आदिवासी जनजाती हो । वाहुन, क्षेत्री होइन । गरुड छायाँ वासिङटन दिल्लीको । सर्प चाल नेपाली नेताको । विदेशमा पानी परेको, नेपालमा छाता ओढेको । दिल्लीमा ढोलक बजाएको नेपालमा कठपुतली नाचेको । आकाश वाणी विदेशी प्रभुको लैण्डुपे चाल नेपाली नेताको । रिमोटकन्ट्रोल वासिङटन दिल्लीको, च्यदभचत चाल वाहुन नेताको । लथालिङ्ग देशको भताभुङ्ग चाला, जो जसले सक्ला त्यो त्यसले खाला । जसको शक्ति त्यसको भक्ति । आपैm धामी, आफै बोक्सी दण्डहिन्ता बढेको । राज्यकोषको ढुकुटी ब्रह्मलुट मच्चाएको । जेपी गुप्ता मन्त्री, चिरञ्जीवि वाग्ले, श्याम सुन्दर, खुमेखड्का, गोविन्दराज जोशी, सुडान घोटाला ३ पुलिस क्ष्।न्।ए। जेल चलान गरेको । अब जेल जाने पालो ब्रह्मलुटाहा अत्याचारीको । गणतन्त्र नेपाल नविन राजाहरुको । आजीवन सुविधा ७० करोडको । सुविधा नदिने आदेश सर्वोच्च अदालतको ।  
अमेरिकन आइकन कम्पनीले बुद्धको तस्वीर जुत्तामा राखेको । आफ्नो भाग्य आफैले विगारेको । बुद्ध, बौद्ध र नेपालको अपमान गर्नु गरेको । राजधानीको मुटुमा पत्रकार मारेको । मन्त्रीलाई खुकुरीले हमला गरेको । सेन्ट्रल जेलमा कैदीको शिकार खेलेको । सीताको विहे नेपाली रामबहादुरसंग नभै भारतीय रामचन्द्रसंग भएको । पशुपतीनाथको पुजारी नेपाली नगरी भारतीय नियुक्ति गरेको । २००७ देखि नेपाली नेताहरुले संधि संझौता सहमति नेपालमा नगरी दिल्लीमा गरेको । वुद्धको जन्म नेपाल नभै भारतमा भनी नक्कली लुम्बनी वनाएको । 
जलश्रोतको दोस्रो धनी देश हाम्रो नेपाल भएको । ७० घण्टे लोडसेडिङ्ग नयाँ नेपालको उपहार दिएको । कहीं नभएको जात्रा हाँडीगाउँमा भएको । निर्जिव ढुङ्गामाटो, हिमाल, पहाड, नदीलाई संघीयता दिएको । सजीव जाति, वर्गलाई संघीयता नदिएको । संघीय विरोधी एकल जातीवादी मनुवादी व्राह्णवादी भएको । पहिचान विरोधी जातीय समानताको विरोधी भएको । पहिचानको संघीयता विरोधी राष्ट्रघाती भएको । पहिचान विरोधी दलका नेताको सर्वत्र तिरस्कार र वहिष्कार गर्नु परेकोे । 
यो पर्वै पर्वको देश भएको गाईपर्व, मकै पर्व, छुवाछुत पर्व, कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी पर्व, संविधान–सभा पर्व । कर्णेल कुमार लामा पर्व । यो काण्डै काण्डको देश भएको गलैंचा काण्ड, वोईङ्गकाण्ड, खाम्वा काण्ड, लउडा काण्ड, सुडान काण्ड, युनिटी काण्ड, अपहरण काण्ड, घाटै–घाटाको आयल निगम काण्ड र वोक्सा–वोक्सी काण्ड ।
यो जंगेको देश भएको सत्तीले सरापेको, निलो चोली, बसन्ती, कर्णेलको घोडा, सेतो वाघ । एकल जाती मृत संस्कृत भाषाको विश्वविद्यालय खोलेको । बहुजातिय राष्ट्रिय भाषाको एउटा स्कूल नखोलेको । अन्धविश्वास, मिथ्याचार धर्म–संस्कृती नेपालमा मौलाएको । मानिसलाई मूत र ढुङ्गालाई दूध ख्वाएको । कुकुर, गाई, कागको पूजा गरेको, बाँकी सबैको स्वाहा स्वाहा पारेको । ज्ञानेको सत्ता टिकाउन गरिमामाईलाई ११ हजार राँगो बली दिएको । देउतालाई धूप, पुजारीलाई खुब भएको ।  
देउताको नाउँमा मासु खाने दाउमा पशुबली चढाएको ।  हत्या, हिंसाको विकास बुद्धको देशमा यसरी भएको । बोक्सा–बोक्सीको आरोपमा मलमूत्र खुवाएर जिउँदै मान्छे जलाएको । महापशु व्यवहार दलितलाई गरेको । छुवाछुतको आरोपमा कुटी–पिटी मान्छे मारी रहेको । मानव अधिकार र छुवाछुतमुक्त राज्यघोषणाको धज्जी–खिल्ली उडाएको । 
विश्वको आठौं आश्चर्य हाम्रो नेपाल भएको । राजतन्त्र गएको वाहुनतन्त्र आएको । नेपालको प्रजातन्त्र ३ वाहुनको इच्छा भएको । जिउदो शहिद वाहुन भएको । मृत शहिद जनजाति र दलित भएको । हारजित नभएको १९ औं पटक प्रधानमन्त्रीको चुनाव भएको । कहिल्यै नटुङ्गिने सहमतिको नाटक गरेको । जनताको नयाँ संविधान ३ वाहुनले अपहरण गरेको । नेपालको राजनिति सुनामी आँधिको भूमरीमा फसाएको । अर्को आश्चर्यको देश हाम्रो नेपाल भएको । मानिसको भन्दा देवताको संख्या धेरै ठूलो भएको । ३३ कोटी देवताको देश हाम्रो नेपाल भएको । अब चुनाव जित्नुको अर्थ नै नभएको । जित्नेको भन्दा हार्नेको फलीफाप भएको । १ ठाउँ हार्ने मंत्री भएको । २ ठाउँ हार्ने प्रधानमंत्री भएको । ३र४ ठाउँ हार्ने उपराष्ट्रपति र राष्ट्रपति वनाउँनु पर्ने भएको । छट्टु स्यालको कथा नेपाली नेता भएको । चील आयो भनी कुखुरा चोर्ने दाउ गरेको । 
वाहुन साँढेको जुधाई संविधान वाछोको मिचाई । जुन गोरुको सिंग छैन, त्यसको नाम तिखे । नमच्चिने पिङको सय झड्का । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । खसीको टाउको देखाइ कुकुरको मासु बेचेको । संविधान सभा हलो अड्काई गोरु चुटेको । जनताको संघीय संविधान अपहरण गरेको । 
प्रजातन्त्रको अर्थ जनताको इच्छा भएको । नेपालको प्रजातन्त्र ३ वाहुनको इच्छा भएको । नेपालको प्रजातन्त्रको धज्जी र खिल्ली ३ वाहुनले उडाएको । संविधान सभा सत्ताको भ¥याङ हात्तीको दाँत बनाएको । ४ वर्ष संविधान सभा वन्धक वनाएको । संविधान–सभा भंग हत्या ‘कू’ गरेको । ६०१ सभासद् ब्उचष् िँयय िको उल्लु बनाएको । अरबौं रुपैयाँ बालुवामा पानी भएको । नेपालको राजनीति ब्ल्याकहोलमा फसाएको । नेपालीको कालो दिन जेठ १४ भएको । संघीयताको हरियो घाँस देखाएको । पहिचान खसीको टाउको काटेको । हात्तीवन, वालुवाटार, सिंहदरवारमा सहमतिको नाटक गरेको । जनताको संघीय संविधान माछो–माछो भ्यागुतो, हात्ती आयो–२ फुस्सा भएको । मनुवादी हिन्दु शासकको विभेदकारी नीति अख्तियार गरेको । उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गको २५० वर्ष विभेद र वहिष्करणमा पारेको । द्रोणाचार्य, बाल्मीकि हरियो चस्मा मनुवादी हिन्दुशासकको, दलित, जनजातिलाई फेरि बलराम र एकलब्य बनाउने षड्यन्त्र गरेको । ँच्भ्भ् त्क्ष्द्यभ्त् को निहँुमा २१ सौं शताब्दिमा नेपाली भिक्षुलामाको मानव अधिकार हनन गरेको ।    
नेपालको इतिहास साक्षी रहेको । क्रिस्चियन, ईस्लामिक, किराँतधर्मावलम्बि, वौद्ध भिक्षु लामाको हत्या, बम आक्रमण, जेलनेल र देशनिकाला गरेको । अन्तरिम संविधानमा फेरि गाईलाई राष्ट्रिय जनावर वनाएको । गोरुको मासु खानेलाई १२ वर्ष जेलको यातना दिएको । मानव अधिकार र धर्म निर्पेक्षराज्य घोषणाको धज्जी खिल्ली उडाएको । द्रोणाचार्य, वाल्मिकी हरियो चस्मा मनुवादी ग्रान्डीजाइनको । उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग माथि षड्यन्त्र गरेको । समानुपातिक र समावेशीको प्रतिशत दलहरुले घटाएको । समानुपातिकको प्रतिशत घटाउनु भनेको, दलहरुको घटेको उचाँइ झन् घट्ने भएको । जनसंख्यको अनुपातमा समानुपातिक र समावेशीको प्रतिनिधित्व सुनिश्चित गर्नु परेको । अल्पसंख्यकको हकमा एक जाती एक प्रतिनिधि ग्यारेन्टि गर्नु परेको । जनगणना २०६८ को नतिजा घोषणा गरेको । २५ जनजाति तथ्यांकबाट घटाएको । १० जनजाति सुचीवाट हटाएको । अपराधिक चरित्र राज्य संगन्त्रको । १२ महिलाको हत्या १६ दिनमा भएको । गत मंसिर महिनामा १६ महिला मारिएको । स्वतन्त्र नेपालको सार्वभौममाथि विदेशी धावा वोलेको । कर्णेल कुमार लामाको वेलायतमा गिरफ्तार गरेको । २५० वर्ष हिन्दुएकात्मक विभेदकारी, धोकेबाजी, छलछामको राजनीति नेपालमा गरेको । ४ वर्षे संविधान सभा नामको कालजादूगर नाटक ब्राह्मणवादी ३ ग्याङ्गले गरेको । जेठ १४ पहिचान र सहअस्तित्वको आमहत्या गरेको । यो उत्पीडितहरुको बुलन्द आवाज रहेको । यो युगको माग रहेको । ऐतिहासिक छलाङ्ग मार्नु परेको । आफ्नो मालिक आफैं हुनु परेको । उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग मुक्तिको जुक्तिको दलहरु एकिकृत हुनै परेको । पहिचानको संघीय संविधान निर्माण गर्नु परेको । अव राजनीतिक दलका नेता असक्षम सावित भएको । चुनावी सरकारको गुहार पुकार खिलराजरेग्मीलाई गरेको । राजनीतिक शून्यता नेपालमा छाएको । 
बुद्धको शिक्षा अशोकले वुझेको । कालाशोक चण्डाशोक धर्माशोक भएको । क्रान्तिकारी प्रचण्ड शान्तिकारी भएको । बुद्धशिक्षा बुझेको प्रथम नेपाली नेता प्रचण्ड हुनु परेको । बृहत्तर विकास लुम्विनी नेपालको अब गर्नु परेको । ३४ सौं डा. प्रधानमन्त्री नेपालले पाएको । सिकिस्त नेपाल आमाको  अपरेशन अव गर्नु परेको । कसैले नसकेको सडक विस्तार अभियान बाबुरामले गरेको । नेपालको इतिहासमा नविन कीर्तिमान स्थापित बाबुरामले गरेको । शाहवंश उदयास्तको इतिहास घतलाग्दो रहेको । देवनागरिक वर्णलिपिको “क” देखि “ज्ञ” सम्म कागताली परेको । कुलमण्डनको “क” बाट ज्ञानेन्द्रको “ज्ञ” मा टुङ्गो लागेको । उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग मनोवैज्ञानिक एकता जिन्दावाद । जयः संघीय गणतन्त्र अखण्ड नयाँ नेपाल जिन्दावाद । 

No comments:

Post a Comment