Monday, March 25, 2013

जनजागरण सभाको नालीवेली र यथार्थ


पत्रकार डेकेन्द्र थापा हत्याकाण्ड प्रकरण पक्षमा उत्रेका पत्रकार तथा विपक्षी दल कागे्रंस, एमालेको विरोधको जवाव दिन माघ १७ गते माओवादी लगाएत २१ दलद्धारा विपक्षी कागें्रस तथा एमालेको भण्डाफोर गर्न हेतु टुडीखेलमा गरीएको जनजागरण सभामा अपेक्षा गरीएको भन्दा न्यून उपस्तिीले निश्चय पनी माओवादी खेमामा त्रास र भयको वातावरण उत्पन्न भएको हुनुपर्दछ । जातिय, क्षेत्रिय, वर्गीय, लिंगीय नाराका उपजकर्ता माओवादीले विगतको भन्दा न्यून उपस्थित र विपक्षी खेमाको होस उडाउने तालीको गडगडहटको गुजंन सुन्न नपाउदा जनाघार गुमीएको महसुस हुनुपर्दछ ।
जनजागरण सभामा माओवादी लगाएतका दलहरुद्धारा सत्ता टिकाउन हेतु कागे्रंस, एमाले नै संविधान सभा, विघटनको दोषका भागीदार हुन भनी गर्जन गर्दै जनमानसलाई आर्कषित गर्ने प्रयास गरी रहेका थिए भने मञ्चको दोस्रो तर्पm साधारण देखिने मुकुन्द घिमिरेको भाषण प्रति ठुलो जनमानस आर्कषणका साथ सुनिरहेको दृश्य विस्मयकारी थियो । के माओवादी सांच्चीकै संघीयतका पक्षघर हुन त? यदी माओवादी संघियताका पक्षधर हुन भने कामरेड प्रचण्डद्धारा अखण्ड चितवन, लेखराज भट्टद्धारा अखण्ड सुदुर पश्चिम जस्ता गैर जिम्मेवार नारा र माग प्रति अप्रत्यक्ष, प्रत्यक्ष रुपमा सहयोग गरेर वातावरणलाई विर्गान एवं आतंकको श्रृजना गर्ने कार्य कीन गरे? जनजागरण सभाको नाममा संघियता पक्षधर र संघियता विरोधीको कित्ता छुट्टिएको जस्ता गैर जिम्मेवार कुरा गरेर माओवादीद्धारा विगतमा गरीएको भूलको धाकछोप गर्ने प्रयास गरेका छन् । 
माओवादीद्धारा जति पनी ताल ठोकेर संघीयता पक्षधर हुँ भी हुंकार गरे ता पनी माओवादी संघीयता पक्षधर होइनन् भन्ने कुरा नेपाली जनताले राम्ररी बुझीसकेका छन् । संघीयता, जातिय, क्षेत्रीय, वर्गीय, लिगींय जस्तो शब्द संघिय पक्षघर पिछडीएका उत्पीडीत नेपाली जनताहरुको भावना माथी खेलवाड गर्ने ललीपप रुपी शब्द मात्र बन्न पुगेको छ । माओवादीद्धारा कहीले अखण्ड चितवन, कहीले अखण्ड सुदुर पश्चिम, जहाँ गए जस्तो अव्यवावाहीक माग भएता पनि अभिभावकले अंश वण्डा गरी दिने जस्तै अश्वासन दिएर जनतालई दिग भ्रमीत बनाउने एवं वातावरणलाई दुषीत बनाउन गरिएको कार्यशैली नेपाली जनताले विर्सेका छैनन् । जनजागरण सभामा जोर रुपसाथ सभामूख सुभाष नेम्वाङ्गको चेम्बरमा संविधान सभा तुहाउने षड्यन्त्र भयो भनी कुरा उठाइए निश्चीत रुपमा सुभाष नेम्वाङ्ग पनि संविधान सभा तुहाउने मध्यका दोषी भएका हुनाले उन्मूक्ती पाउने छैनन तर माओवादी दोषी होइनन भन्ने कुरा अविश्वसनिय एवं असत्य हो नेपाली जनता यस्ता कुरा सुनेर पग्लीने मनस्थितीमा छैनन् ।
संविधान सभाको हत्या हुने त्यो कालो दिनलाई नेपाली जनताले कहीले पनी बिर्सर्ने वाला छैन र प्रत्यक्षदर्शी नेपाली जनता त्यो अन्तिम क्षणका साक्षी छन् जब संविधानसभा प्राङगण भित्र सभासदहरु जुलुस निकालेर संविधान सभा वैठकमा सभामुख प्रधानमंत्रि उपस्थित भइ जनतामा जे जस्ता कुरा छन् त्यसलाई सत्य तथ्यका साथ संम्पेषण गरिए राम्रो सन्देश प्रवाह हुने भनी गुहार लगाइ रहेका थिए, हामी जनता माझ गएर के जवाफ दिने भनी पीडा व्यक्त गर्दै थिए तर त्यो पीडाको जवाफ दिन कोही उपस्थित भएनन् । अन्तिम समयमा प्रधानमन्त्रिद्धारा मंन्त्रि परिषदको वैठकद्धारा निर्णय गरि संविधान सभाको मृत्यु र चुनाव हुने घोषणा गरेको हृदय विदारक दृश्य नेपाली जनताले कहिले पनि विर्सेने छैनन् । प्रधानमंत्रि बाबुरामलाई प्रश्न छ संविधान लेखन कार्य जहाँसम्म र जून अवस्थामा थियो वहाँले संविधान सभाको पटलमा कीन पेश गरेनन्, पेश गरेको भए दुधको दुध, पानीको पानी जस्तै संघियता विरोधी र पक्षधर को हुन भनी उजागर हुने थियो । संविधान सभाको अवसानमा माओवादीद्धारा आफु मात्रै स्वच्छ कांगे्रस, एमाले संघियता विरोधी हुन एवं उनीहरुका कारणले संघीयता सहितको संविधान नबनेको भन्ने कुराको प्रामाणीक आधार के ? नेपाली जनताले के मात्र बुझेका छन् भने कोतपर्व हत्याकाण्ड जस्तै संविधान सभाको निर्मम हत्या गर्ने गिरोहका नेतृत्वकर्ता प्रधानमंत्रि बाबुराम नै मूख्य रुपमा दोषका भागेदार हुन । कांगे्रस, एमाले पहिले देखी नै गणतन्त्र, संघीयता जस्ता मुद्दामा असहमती व्यक्त गर्दे प्रस्तुत भएका थिए, संघीयता, गणतंत्र काँगे्रस एमालेको एजेण्डा नै थिएन र उनीहरु संघीयता विरोधी कित्तामा अडीग भएर प्रस्तुत भए तर संघीयता पक्षधर हुँ भनी गर्ववोध गर्ने माओवादीले हृदयमा हात राखी भन्न सक्छ अन्तिम समयमा केही सम्यावधी वढाउने विकल्प हुदाँ हुदैं संविधान सभाको हत्या गर्ने प्रधानमंत्रि बाबुराम भट्टराई होइनन् । संविधान सभाको निर्मम हत्याको अपराधमा निश्चित रुपमा मतियारका रुपमा कांगे्रस, एमाले जनमोर्चा चित्र बहादुर के.सी. सभामुख सुभाष चन्द्र नेम्वाङ्ग पनि दोषी हुन ।
 जनजागरण सभाको हास्यास्पद कुरा के थियो भने संघीयता पक्षघरको कित्तामा भनिएका  नेपालका एक तिहाई भन्दा वढी जनसंख्या भएका आदिवासी नेताको मञ्चमा उपस्थिति नगण्य थियो तर्सथ संघियता पक्षधरको जन सभा भन्नु निरर्थक छ । जनजागरण सभाका मुख्य केन्द्र विन्दु तथा चम्चमाउदो आकषर्ण केन्द्रको रुपमा मात्र मधेष प्रतिविम्वीत भई रहेको थियो त्यस बाहेक केही थिएन । मधेषवादी दलका मञ्चमा आशीन नेतावारे भन्नु पर्दा न त उनीहरुलाई मधेसको चिन्ता तथा माया छ न त संघीयता प्रति गम्भीरता छ । उनीहरुमा एक मात्रै यो सत्तालाई कसरी टिकाउन सकिन्छ भन्ने व्यक्तिगत स्वार्थको मात्र चिन्ता छ । अहिलेको वर्तमान नेपाली राजनैतिक स्थितिको विश्लेषण गर्ने हो भने मधेसका उच्च र दवंग वर्गको स्वर्ण कालमा परिण भएको छ । काठमाण्डौंको मुटु टुडीखेलमा मधेसका उत्पिडीत जनताद्धारा मधेसी पिडाको सम्बोधन गर्न विश्वासका साथ पठाइएका दुर्गन्धीत चरित्रका नेताहरुको आदर्शका कुरा हास्यास्पद थियो , मधेसवादी नेताहरुको चरित्रको विषयमा मधेसी मोर्चाको वैठकमा मधेसी नेता जितेन्द्र देवले क््रmोधीत हुँदै केही दिन अगाडि व्यक्त गरिएका वयान पुष्टिका आधार हुन । मधेसवादी नेताहरुको एक मात्र लक्ष छ जती सकिन्छ वटुल्ने काम, मधेसवादी मंत्रिलाई नेपाल, नेपाली जनताको लागी केही गुमाउनु छैन उनीहरु प्राप्त गर्ने उदेश्य लिएर आएका हुन तसर्थ जे गरेता पनि सत्ता टिकाउने उदेश्य तथा आप्mनो निजी स्वार्थ प्राप्त गरी नै छाड्ने छन् , हिन्दीको उखान “भाँग लगे न फिटकरी, माल आए चोखा” को सिदान्तमा मात्रै केन्द्रीत छन् मधेसी नेताहरु । वर्तमान नेपालमा मधेसी मंत्रि, मधेसी निजामति सेवकले जस्तो सुकै जघन्य अपराध एवंम कुकृत्य गरेता पनि उनीहरुलाई स्पर्श गने साहस कसैमा छैन । मधेसी शब्दलाई नै सात खुन माफ भन्ने प्रणालीको क््रmमश नेपालमा विकास भईरहेको छ । जनजागरण सभामा मधेसवादी नेताहरुद्धारा बारम्बार आदिवासी, दलित, मुस्लिमका अधिकार सुरक्षित हुनु पर्ने जस्ता शब्द रट लगाइरहेका थिए । यदी कसैले मधेसी नेताहरुद्धारा आदिवासी, दलित, मुस्लिमको समृद्धि, अधिकार प्राप्ति तथा उच्च पदमा आसिन भएको देख्न चाहन्छन् भन्ने कुरामा विश्वास गर्छन भने त्यो मुर्खता वाहेक केही होइन । आदिवासी, दलित, मुस्लिमको अधिकारको सवालमा माओवादी, कांगे्रस, एमाले, मधेसवादीको पुर्वाग्रही चिन्तनमा रतिभर फरक छैन । कतिपय मधेसी नेताहरुद्धारा सार्वजनिक रुपम किन मात्र आदिवासीको कुरा उठाइन्छ, मधेसीको किन उठाइदैन भन्ने कुराले मधेसवादी आदिवासीका मित्र शक्ति हुन वा होइनन् सजिलै छुट्टाउन सकिन्छ । माघ १७ गतेको माओवादी मधेसवादी लगाएत २१ दलको जनजागरण सभाको मुख्य उद्देश्य संघियता पक्षधरको आवरणमा सत्ता लम्वाउने खेल मात्र हो, त्यस्तै विपक्षी नेपालीका कांगे्रस, एमाले चित्र बहादुर के.सी. लगायतका गठबन्धन देकेन्द्र हत्याकाण्ड प्रकरणलाई केन्द्र विन्दु बनाइ सत्ता प्राप्त गर्ने खेलमा लागेका छन्, यस कुराको पर्दा फास हुनका लागी नेपाली जनताले धेरै दिन प्रतीक्षा गर्नु नपर्ला । जनजागरण सभा आदिवासी, दलित, मुस्लिम काँघको प्रयोग गर्दै विगतको राज्य सत्ता जस्तै माओवादी गठबन्धनले सत्तामा आप्mनो प्रभुत्व स्थापित गर्न दिगभ्रमीत बनाउने प्रयास हो ।
मधेसी दलद्धारा समावेशीताका कुरा चर्को स्वरमा उठाइएको पाइन्छ तर वर्तमान असमावेशी मंत्रिमण्डलमा आदिवासी, दलित, मूस्लीमको प्रतिनिधित्व प्रति किन ध्यान दिइएन मंत्रि बन्न मधेसवादी नेता पार्टी फोड्दै किन होडवाजी देखाए ? जनसंख्या अनुपातमा न्यून भएको असमावेशी मंत्रिमण्डलमा आदिवासी, दलित, मुस्लिमको निमित्त स्थान सुरक्षित हुने वातावरणको निर्माण किन गरेनन् ? आदिवासी, दलित, मुस्लिम प्रति राज्यद्धारा सबैभन्दा बढी विभेदको मधेसवादीद्धारा देखाइएको सदासयताको नमुना वर्तमान मंत्रि मण्डलको बनावटले स्पष्ट हुन्छ । पहाडी खस, व्राम्हमण, आदिवाशी (पहाड, मधेस) मधेसी (राजदुत, भूमीहार, कायस्थ, व्राम्हमण, यादव, वनिया), दलित (पहाडी, मधेस) एवं मुस्लिम बिच नेपाली जनता क््रmमश धुर्वीकृत हुँदै गई रहेको पाइन्छ । आदिवासी, दलीत, मुस्लिमको पीडा सम्बोधन हुनु पर्दछ भनी एमाले, कांगे्रस, माओवादी, मधेसवादी दलका नेताले जति घडीयाली आँसु बगाएता पनी यो नाटक  पिछडीएका आदिवासी तथा उत्पीडित जनताले राम्ररी बुझी सकेका छन् । नेपालको वर्तमान अवस्थामा कुनै पनि राष्ट्रिय दलले कुनै जाति तप्का मेरा पक्षका भोट बैंक हुन भनी भन्न सक्ने अवस्था विधमान छैन । ठुलो भनाउँदा राष्ट्र दलको द्धैध चरित्र एवं पुर्वागहि रवैयाले गर्दा नेपाली जनता जवरदस्त रुपमा धूर्वीकृत भएका छन्, आउने दिनमा धूर्वीकरणले गर्दा पार्टी भन्दा पनि जातिय पक्षलाई प्राथमिकता दिने वातावरणको निर्माण भएको छ । यदि कथंकदाचित नेपालमा चूनाव भए (चुनाव हुने सम्भावना लगभग समाप्त भएको ) धूर्वीकरण स्पष्ट रुपमा महसुस गर्न सकिने छ । माओवादी, मधेसवादी लगायत २१ दलद्धारा गरिएको जनजागरण सभा एवंम विपक्षी कांगे्रस, एमाले लगायतका दलद्धारा गरिएको विरोध सभा सत्ता टिकाउने, सत्ता हासिल गर्ने खेल प्रति नेपाली जनता उत्साहित छैनन् र यी दुवै बहुरुपीया खेलाडीहरुको पक्षमा वा विपक्षमा जनताको आर्कषण नभएको बुझिन्छ । नेपाली जनताले सर्वभावना समेटिएको संविधान, शान्ति सुव्यवस्था तथा नेपालको सर्वाङ्गिण विकास खोजेका छन् , नेताहरुलाई मनन रहोस् उनीहरुद्धारा रचिएको झेली खेलको एक झिल्कोले नेपालमा भयंकर विस्फोट हुन सक्छ र त्यो विस्फोटमा न त नेपाल रहन्छ न त नेपाली चेतना भया?
-अमरदिप मोक्तान

No comments:

Post a Comment