Friday, March 15, 2013

मानिसको कपाल सेतो हुनको कारण र रोकथामको उपाए


हामीले मानिसहरुको उमेर बढदै गएपछि कपाल सेतो हुने कुरा स्वाभाविक रुपमा लिइने गरेका छौ तर आजभोली समय अघिनै मानिसको कपाल सेतो हुन थाल्दछ । कम उमेरमानै कपाल सेतो हुने समस्या धेरै जसो त वंशानुगत ग ुण पनि हुन सक्दछ । आजकलको मानिसमा बढिरहेको अधिक तनाव, बेकारको कुराहरूमा चिन्ता लिनु, खान-पानमा लापरवाही वा पोषक तत्वहरूको कमीका कारण मानिसको कपाल छिटै सेतो हुने वा फुल्ने गरेको छ । कपाल सेतो हुने कारणहरु
 
१. विशेषज्ञहरूका अनुसार शरीरमा जब मेलानिनको निर्माण हुन बन्द हुन्छ, यतिबेला मानिसको कपालको रंग बदलिन थाल्दछ । मेलानिननै वास्तवमा कपाललाइ कालो राख्नमा सहायकसिद्ध हुने गर्दछ । यसमा मेलासाइट्स नामको कोशिकाले सहायताको काम गर्दछ । यी कोशिकाहरू मेलानिनसंग सम्बन्धित अन्य कोशिकाहरू अर्थात केराटिनोसाइट्सलाइ केराटिन निर्माण गर्नमा मद्दत गर्दछ । केराटिनको मद्दतले नै कपालहरूको विकास हुने गर्दछ । यदि कपाल राम्रोसंग विकसित भए भने मात्र कपालमा कालो रंग रहिरहन्छ ।
 
२. विभिन्न स्वास्थ्य समस्याहरूका कारण हुने शारीरिक कमजोरी, धूम्रपान, अनियमित जीवनशैली, अल्कोहलको अधिक सेवन र वातावरणमा रहेका दूषित तत्वहरूका कारण पनि कपाल समय अघिनै सेतो हुने गर्दछ ।
 
 ३. शरीरमा भिटामिन बी १२ को कमी भएपछि पनि मेलानिनको निर्माण प्रक्रियामा बाधा उत्पन्न हुने गर्दछ । यस बाहेक हार्मोन्समा हुने परिवर्तन वा कुनै औषधीको साइड इफेक्ट्सका कारण पनि कपालको आफ्नो बास्तविक रंग हराउन थाल्दछ । यसको उपायहरु केही मानिसहरू आफ्नो कपाललाइ सेतो हुनबाट जोगाउनका लागी कपाललाइ डाई वा कलर गर्नु राम्रो विकल्प मान्दछन् तर यो केही समयको लागी मात्र उपयुक्त हुन्छ ।
 
यस बाहेक मानिसहरूले खानपानमा सुधार गर्नु आवश्यक छ साथै प्राकृतिक उपायहरू अपनाउनु ज्यादै आवश्यक रहेको छ । दैनिक रूपमा गाजरको रस सेवन गर्नाले पनि सेतो कपालबाट मुक्ति पाउन सकिन्छ । साथै भिटामिन बी १२ भएका खानाहरूको सेवन गर्नाले पनि निकै फाइदा गर्दछ । त्यसैगरि नियमित रूपमा तिलको सेवन गर्नुका साथै तिलको तेल नियमित रूपमा कपालमा लगाउनु निकै फाइदा जनक रहेको छ ।
 
त्यसैगरि मेथीको अंकुरित दानाको सेवन नियमित रूपमा गर्नु पर्दछ, वा रातभरी यसलाइ भिजाएर बनाइएको पेस्ट कपालमा हफ्ता एक पटक लगाउनु पर्दछ । नरियलको तेलका साथमा सुख्खा अमलाका केही टुक्रा मिलाएर केही हल्का तताउने र औंलाले कपालमा हल्का हल्का मसाज गर्दा पनि कपाल सेतो हुने र झर्ने समस्याबाट मुक्ति पाइन्छ । नीमको फल सुकाएर पाउडर तयार गरि त्यसको पेस्ट सिरमा लगाउने गर्नुपर्दछ । यो गरेपछि कपाल धुने बेला भने नीम राखेर उमालिएको पानिको प्रयोग गर्नाले निकै राम्रो फाइदा पुर्याउँदछ ।
 
एजेन्सी

No comments:

Post a Comment