काठमाडौं, चैत १७–अन्तरिम चुनावी परिषद्मा अध्यक्षसहित ११ मन्त्री छन् । माओवादीले प्रस्ताव गरेको आधारमा प्रधान्यायाधीश खिलराज रेग्मी चुनावी मन्त्रिपरिषद्का अध्यक्ष अर्थात् सरकार प्रमुख भए तर यही कारणले उनलाई माओवादीको भन्न मिल्दैन । बा“की १० जनालाई पनि कुनै न कुनै रूपमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले अनौपचारिक प्रस्ताव गरेका थिए । यही कारणले उनीहरूलाई पनि तत्तत् दलको भन्न मिल्दैन ।
कर्मचारी पृष्ठभूमिका सबै मन्त्रीहरू कर्मचारी हु“दाताकै जसरी दलनजिक देखिन मरिहत्ते गरिरहेका छन् भन्दा अचम्म नमान्नुहोस् । अहिले त्यही भएको छ । हरेक मन्त्रीहरू पार्टी निकट हुन खोजिरहेका छन् । जुन दलका नेता भेट्यो उसैलाई म त तपार्इंहरूकै हु“ नि ? भनिरहेका छन् । मन्त्रीहरू किन यस्तो दलभक्तिमा लागे त ? जानकारका अनुसार चुनावी मन्त्रिपरिषद् आफैंमा स्वायत्त भनिए पनि व्यावहारतः यसलाई दलहरूले नियन्त्रण गर्छन् । दलहरूको संयन्त्रलाई उनीहरूले सरकार सञ्चालन संयन्त्र नै ठानेका छन् । र, आफ्नो मन्त्रालयको हरेक निर्णयमा कुनै पनि दलको अवरोध नओस् भनेर उनीहरू सबै दलको हुन खोजिरहेका छन् । केही मन्त्रीहरू भने संविधानसभा निर्वाचन गर्ने र त्यसभन्दा बढी दैनिक कामचलाउ कर्म गर्ने आफ्नो जिम्मेवारी बिर्सेर पूरा सत्ता प्राप्त गर्ने प्रयत्नमा जुटेका छन् । मातहतका विभागहरूलाई चाहिनेभन्दा बढी नियन्त्रण गर्ने मात्र होइन त्यहा“ आफ्ना मान्छे नियुक्ति गर्ने दौडधुपमा समेत उनीहरू छन् । जसप्रति पनि दलहरू नतमस्तक भइरहे भने दलहरूलाई बाइपास गर्ने प्रक्रिया त्यहीबाट सुरु हुनेछ । सबै पार्टीलाई सहमत गराएर अगाडि बढे आफूहरूले गर्ने कामको वैधानिकता हुने थाहा पाएपछि मन्त्रीहरूले दलका नेताहरूको चाप्लुसी गरेको बताइन्छ ।
No comments:
Post a Comment