Thursday, March 28, 2013

बेलायतको राजदुताबास गोर्खालिको निसानी


News Updated By-रामभक्त राई | Posted From-वेम्ली, यु के | March 26, 2013              
आज बेलायतको लन्डनस्थित नेपाली राजदुताबासको भवन बिक्रिमा भएको हल्ला बजारमा आएको धेरै भईसक्यो। र भवन बिक्री हुनको एउटै कारण त्यस भवनको मर्मत सम्भार गर्न नसक्नुनै प्रमुख रहेको चर्चा परीचर्चा यदा कदा सुन्दै आएका छौ ।
वास्तवमा मलाई अचम्म लाग्छ आफ्नो अस्तित्वको लागि मान्छेहरु आफु भोकै बसेर पनि आधा पेटै खाएर पनि आफ्नो ज्यान ढाक्ने कपडा लाउछन् आफ्नो लाजको गहनालाई अरुको आँखाबाट लुकाउनलाई । तर अहिले नेपाल सरकारले अचम्मको काम गर्न खोजिरहेको छ घरभित्र आफु टन्न चौरासी ब्यन्जन खाने तर बाहिर हिडदा कट्टु नै फुकालेर हिडन खोजिरहेछ ।


म यसो किन भन्दैछु भने यती एउटा भवन मर्मत सम्भार गर्न नेपाल सरकार सक्दैन भनेर भनिरहेछ तर ति सरकारका भुतपुर्ब प्रधानमन्त्रिहरु महिनाको १ लाखभन्दा बढी तलब भत्ता खाएर बसिरहेछन, तिनै नेताहरु देशको अस्तित्वलाई लीलामिमा हासी हासी बेच्दै मुक्ती टावरहरु निर्माण गरिरहेछन ।
यदी कुनै नेतामा राष्ट्र भाब छ भने यो राजदुताबासको भवन बिक्री हुनबाट रोकोस आफ्नो भत्ता कटाएर भए पनि,आफ्नो मुक्ती टावरहरु बन्दक राखेर भएपनी हामी अनी सलाम गर्छोउ ति नेताहरुलाई । हैन भने यो दुताबास बेच्ने अधिकार चाँही कुनै हालतमा पनि छैन नेपाल सरकारलाई ।
सबै भुतपुर्ब मन्त्रिहरुले आफ्नो १ महिनाको तलब मात्र यो भवन मर्मतको लागि दिने हो भने यो भवन मर्मत सम्भार हुने मात्रा हैन सबैभन्दा उत्कृष्ट राजादुताबास बन्न सक्छ। यो राजादुताबास बेच्न वास्तबमै भन्ने हो भने नेपाल सरकारलाई उनको नैतीकताले पनि दिदैन किनकी यो एउटा भौतिक सम्रचना मात्र हैन जुन सामान्य मान्छेले देखेका छन र जुन नेताको पगरी ओढने रक्त पिपासु जुगाहरुले देखेका छन।
यो त विश्व युद्दमा अनी बिभिन्न युद्दहरुमा गोर्खाली सेनाहरुले बहादुरिपूर्वक लडेबापत, पसिना बगाएबापत ब्रिटिश साम्राज्यलाई संसारमा प्रभुत्व जमाउनका लागि ६०००० गोर्खाली सिपाहीहरुले ज्यान दिएपस्चात ब्रिटिश सरकारले ति युद्धमा मरेका अनी घाइते भएका वीर गोर्खालिहरुलाई सम्मान गरेर दिएको एक गोर्खाली सिपाहीहरुको रगत र पसिनाको एक अमर काहानी हो ।
ताकी यो नेपाल सरकारले आफ्नो ढिकुटिबाट बनाएको भौतिक सम्रचना हैन तथापी यो नेपालको सम्पत्ति हो अहिले यो नेपालको भोउतिक सम्पति मात्रा नभएर नैतीक, ऐतिहासिक अनी बहादुरिको सम्पति पनि हो । यसको बिक्री हैन यसको सम्रक्छ्ण गर्नु नेपाल सरकारको दायित्व हो । यदी सम्रक्षण गर्न सक्दैन भने उनिहरुले बिक्री गर्ने कुरा गर्नु पनि एक उनिहरुको गिरिसकेको नैतीकता भए पनि तमाम नेपालीको नैतीक ताले दिदैन।
वास्तबमा गेसोले जुन कुरा उठाएको छ अनी आफ्नो शाहसलाई अहिले सम्प्रेसण गरेको छ जुन स्वागतयोग्य छ अनी प्रसम्सनीय पनि छ । किनकी उनिहरुले हिम्मत गरेका छन ति भवनलाई मर्मत सम्भार गर्नलाई यदी नेपाल सरकारले मर्मत सम्भार गर्न सक्दैन भने।
हो वास्तब मै यदी नेपाल सरकारले मर्मत सम्भार गर्न सक्दैन भने गेसोलाई हस्तान्तरण गरे हुन्छ भवन मर्मत सम्भारको लागि तर गेसोको पदाधिकारीहरुलाई म यो पनि बिनम्र अनुरोध गर्दछु कि बोले पछी पुरा गर्नु पर्यो। नेपालका हाम्रा कर्तब्यहिन, नैतीकताहिन अनी लाजबिहिन नेताहरु जस्तो बोल्ने मात्रा चाँही नगर्नु होला जुना बोले पछी गरेर देखाउनु होला ताकी नेपालका ति ब्यभिचारी नेताहरुले पनि पाठ सिक्ने अवसर पाउन ।
वास्तबमा मलाई दुस्ख लागिरहेको छ नेपाली नेताहरुलाई गाली गरिरहदा तर के गर्ने हजुर बाध्यता छ अब यस्तो उनिहरुले पटक पटक देशलाई बलत्कार गरिरहदा पनि राम्रो भने भने त अझ के गर्लान उनिहरुले तसर्थ म उनिहरुलाई राम्रो भन्न सकिरहेको छैन आज। तर म आसा गर्छु कुनै दिन नेता हुनु त हाम्रो देशको नेता जस्तो हुनु भनेर भन्न् पाउनेछु ।
फेरी म भन्छु यो बेलाएती राजदुताबास गोर्खालिहरुको बहादुरिको निसानी हो । यो सम्पूर्ण नेपालीकै एक अस्तित्वसँग जोडीएको गहन अनी लामो ईतिहास बोकेको इमान्दारिता र बहादुरिताको एक काहानी हो यो भवन तसर्थ यो भवन जुनै पनि हालतमा बेच्नबाट जोगाइनु पर्छ ।
अनी यसको सम्रक्षण अनी सम्बर्धन गरिनु पर्छ। बरु यस भवनलाई गोर्खालिको ईतिहास झल्किने किसिमले सजिसजावट गरिनु पर्छ । अन्त्यमा नेपालका अनी संसारभर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई यो गोर्खालिको ईतिहासको एक पानालाई च्यात्ने नेपाल सरकारको कदमलाई रोक्न पहल गरिदिनका लागि बिनम्र अनुरोध गर्दछु।

No comments:

Post a Comment