अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमन भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले थुनछेक बहसपछि लामासँग ३ करोड धरौटी मागेको थियो । धरौटी नबुझाएपछि लामालाई थुनामा पठाइएको अदालतका रजिष्टार धिरबहादुर चन्दले जानकारी दिए ।
बहस नसकिएकाले लामालाई बुधबार प्रहरी प्रभाव सिंहदरवारमा न्यायीक हिरासतमा पठाइएको थियो ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । तर, लामाले भने आफ्नो व्यावसायबाट सम्पत्ती आर्जन गरेको दाबी गर्दै आएका छन् ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । तर, लामाले भने आफ्नो व्यावसायबाट सम्पत्ती आर्जन गरेको दाबी गर्दै आएका छन् ।
मुद्दा दायर गरिएका ५ डनमध्ये परशुराम बस्नेत २ करोड धरौटीमा छुटेका छन् भने चक्रे मिलन जेलमा छन् । यस्तै अभिशेक गिरी र दिपक मनाङ्गेको मुद्दामा सुनुवाई हुन बाँकी छ । उनीहरु हालसम्म अदालतमा उपस्थित भएका छैनन् ।
- See more at: http://www.ratopati.com/2013/07/18/76654.html#sthash.XtJ8uPXd.dpuf
No comments:
Post a Comment