समाचार स्रोतका अनुसार पूर्वमन्त्री गुप्ताकै संयोजनमा तराई जनतान्त्रिक मोर्चाका अध्यक्ष जयकृष्ण गोइतसमेत १२ वटा सशस्त्र मधेसवादी संगठनहरूको गोप्य बैठक भारतको मुजफ्फरपुर नजिकैको एउटा गाउँमा सम्पन्न भएको छ। असार २० र २१ गते बसेको उक्त बैठकको औपचारिक संयोजक राजन मुक्तिद्वारा गरिएको र मुख्य डिजाइनकर्ता पूर्वमन्त्री गुप्ता नै भएको समाचार स्रोतले जनाएको छ। उक्त बैठकमा गुप्ता अर्कै नामबाट सहभागी भएका थिए।
उक्त बैठकमा तराई कम्युनिस्ट पार्टीका भाष्कर मुक्ति, तराई राष्ट्रिय मुक्ति मोर्चाका प्रशान्त, तराई संयुक्त जनतान्त्रिकका दीपेन्द्र, क्रान्तिकारी मधेसी मुक्ति मोर्चाका सञ्जय त्यागी, तराई मधेस आर्मीका दिवेश सहभागी थिए। यसैगरी, तराई मुक्ति मोर्चाका अभिनय चौधरी, तराई मधेस जनतान्त्रिक पार्टीका करण सिंह, तराई मधेस बागीका भैरव, मधेस रक्षा दलका रुद्र विद्रोही र तराई मधेस गणतान्त्रिक मधेस सेनाका अभिनव पनि उक्त बैठकमा सहभागी भएको समाचार स्रोतले जनाएको छ।
No comments:
Post a Comment