झलनाथलाई 'कु' गर्ने गोप्य प्लान
यसले गर्दा एकल जातीय पक्षधरहरु अलमलमा परेका छन् । उता बहुपहिचान पक्षधर जनजाति नेताहरु परशुराम मेघी गुरुङ, कृष्णगोपाल श्रेष्ठ, थममाया थापामगर, श्रीमाया थकाली, गोकुल घर्तीमगर, कमल सुनुवार, जयन्ती राई लगायतले भनें आफ्नो लाइन पारित भएको भन्दै खुसी व्यक्त गरेका छन् । एमालेले विगतमा एकल पहिचान स्वीकार नगरेकै कारण संविधानसभा विघटन भएको थियो । फेरि पनि संघीयता विरोधी र जातीय पहिचान विरोधी शक्तिहरुसँग चुनावी गठबन्धन गरेर जाने पार्टीको नीतिप्रति पनि एमालेमा तिब्र बिरोध भएको छ । कांग्रेस जस्ता यथास्थितीवदी र संघीयता विरोधी दलका साथै नेकपा मसाल जस्ता संघीयता विरोधी र राप्रपा, जनशक्ति पार्टी लगायतका प्रतिगामीहरुसँग पनि मिलेर चुनाव लड्ने पार्टी नेताहरुको तयारीप्रति तीब्र बिरोध भएको छ । अग्रगमनका पक्षधरहरुसँग लड्न यथाथस्थितीवादीहरुको मोर्चा बनाउदा विगतको चुनावको भन्दा पनि नाजुक परिणाम आउने भन्दै कार्यकर्ता तहबाट तीब्र बिरोध भएको पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरीले बताए ।
यसैबीच केन्द्रीय समितिमा मनोनित गर्ने नेताहरुको नाममा पनि विवाद भएपछि शीर्ष नेताहरुलाई जिम्मा दिइएको छ । करीव एक दर्जन केन्द्रीय सदस्यको मनोनयन हुनुपर्ने ठाउँमा नेताका खल्तिबाट नाम निस्कदा डेढ सय जति भएपछि विवाद बढेको हो । तर केपी ओली पक्षले भनें अध्यक्ष झलनाथ खनालले राजीनामा दिएर महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने माग अघि सारेको छ । मंसिर अघि चुनाव नहुने भएकाले अब असारदेखि भदौभित्रमा पार्टीको नवौं महाधिवेशन हुनुपर्ने माग ओली पक्षको छ । ओली पक्षले आगामी संविधानसभा चुनाव ओली अध्यक्ष भएर उनको नेतृत्वमा भाग लिने तयारी गरेको छ । यसमा महासचिव इश्वर पोखरेल पनि सहमत भएका छन् । तर बरिष्ठ नेता माधवकुमार नेपाल भनें अहिलेसम्म यस विषयमा मौन बसेको छ । आफ्नो बैशाखी टेकेर आठौं महाधिवेशनमा महासचिव जितेको इश्वर पोखरेल अहिले ओलीसँग मिलेर आफूलाई कु गर्न अग्रुसर भएपछि अध्यक्ष खनाल फायर भएका छन् ।
No comments:
Post a Comment