उनका विरुद्ध राजश्व अनुसन्धान विभागले समेत छानविन थालेको थियो। तर दलाल श्रेष्ठको प्रभावका कारण उनीमाथि कुनै कारवाही हुन सकेको छैन्। श्रेष्ठले एकताका नेपाल प्रहरीका आईजीपी कुँवेरसिंह राना र आफूलाई मात्र इमान्दार प्रहरी मान्ने एसएसपी रमेश खरेलकै पैसा लिएर क्यासिनोमा लगानी गरेका थिए। बलराम सापकोटा पनि क्यासिनोमा लगानी गर्ने अर्का खेलाडि हुन्। सापकोटासँग ६० करोड भन्दा बढी सम्पत्ति रहेको सीआईबी स्रोतले बताएको छ। तर राजनीतिक प्रभावका कारण पहिलो चरणमा सापकोटामाथि विशेष अदालतमा मुद्धा दायर हुन नसकेको बताइएको छ। आपराधिक पृष्ठभूमिबाट आएका काजि शेर्पा यतिखेर ब्यवसायी बनेका छन् । नक्कली डलर देखाएर लुट्ने धन्दा चलाउने गिरोहका लागि मार्गदर्शक बनेका शेर्पासँग एक अर्व बराबर चलअचल सम्पत्ति रहेको प्रहरी स्रोतले बताएको छ। जीएसजी–५ नामक हतियारको लाइसेन्सबाट शेर्पाले अन्य तीन वटा अवैध हतियार आफूसँग राखेको स्रोत बताउँछ। त्यस्तै क्यासिनोमा लगानी गर्ने अर्का दलाल कविन शाक्य –५ करोड, अरुण सेढाँई– ५ करोड, मुर्ति तस्करी गर्ने लक्ष्मी शाक्यसँग एक अर्व भन्दा बढी रहेको छ। जंगलमा लुकेर भुमिगत शैलीमा डनगिरी चलाई रहेका रमेश बाहुनसँग ५० करोड, तजेन्द्र गुरुङ, ५० करोड, दिनेश अधिकारी, ५ करोड, कुमार घैंटे, १० करोड, साजन महर्जन, १० करोड, विष्णु लामा, दावा लामासँग क्रमश २५ र १५ करोड बराबर रहेको स्रोतको दावी छ। त्यसैगरी बाफलका समीरजंग बस्नेत १५ करोड, प्रवेशमान शाक्य २ करोड, संजय डंगोल १५, सशि अधिकारी, ३ करोड र अभिमानसिंह बस्नेत र संजिव लामासँग क्रमश चलअचल सम्पत्ति गरी २।२ करोड रहेको बताइएको छ। ब्यूरो र विभागको हिस्ट लिस्टमा रहेका यी डनहरूको यथासिघ्र अनुसन्धान सुरु गरिने ब्यूरोका एक प्रहरी अधिकृतले बताएका छन्। राजधानी र बाहिर रहेका कयौं गुण्डाहरूको अवैध सम्पत्तिविरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबी अझै मौन रहेको छ।
विभागले आइतबार विशेष अदालतमा दायर गरेको मुद्धामा भने गणेश लामा र उनकी श्रीमती लक्ष्मी, बाबु पासाङ, आमा रञ्जु र भाईद्धय विनोद र राकेशविरुद्ध २७ करोड १ लाख ६१ हजार रुपैयाँ विगो दावी गरेको छ। त्यसैगरी अर्का डन मनाङ्गे र उनकी श्रीमती पासाङ डोमाका विरुद्ध १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको भन्दै विभागले अदालतमा मुद्धा दर्ता गरेको छ। जवकी अर्का चर्चित डन चक्रे मिलनका विरुद्ध विभागले ७ करोड ८ लाख ७ हजार मात्र आयस्रोत नखुलेको भन्दै मुद्धा दायर गरेको छ। नेकपा एमालेको भातृ संगठन युवा संघको आडमा आतंक मच्चाउँदै आएका पूर्व क्षेत्रका अर्का डन परर्शुराम बस्नेत र उनकी श्रीमती अञ्जुसिंह बस्नेतविरुद्ध ११ करोड, ६१ ल्ााख, ४१ हजार मात्र विगो देखाई अदालतमा मुद्धा पेश भएको छ। त्यस्ौगरी, अन्य डनहरूको तुलनामा डन अभिषेश गिरीसँग भने कम सम्पत्ति फेला परेको छ। गिरी र उनकी श्रीमती अनिषासँग २ करोड ४ लाख ४६ हजार मात्र अवैध सम्पत्ति भएको भन्दै मुद्धा दायर भएकोे छ। डनहरूका विरुद्ध सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ विरुद्धको कार्य गरी ऐ ऐनको दफा ४ र २८ बमोजिम कसुर गरेको ठहर गर्दै विभागले दफा ३० को २ बमोजिम विगो जफत र विगो बराबर जरिवाना तथा १ देखि ४ बर्षसम्म कैदको माग दावी गरेको छ। विशेष अदालतका रजिष्टार धीरबहादुर चन्दले स्थानिय ब्यक्तिको आरोप, पत्रपत्रिकामा निस्कीएको समाचार र डनहरूको विगतलाई मध्यनजर गरी अनुसन्धानपछि मुद्धा दायर गरिएको बताएका छन्।
गैरकानुनी कार्य र कसुर गरी कमाएको सम्पत्तिको बास्तविक स्रोत र उत्पत्ति पत्ता लगाई सम्पत्ति शुद्धीकरणमार्फत आतंकवादमा भएको वित्तिय लगानीलाई नियन्त्रण गर्ने उदेश्य बमोजिम गठन भएको विभागले पहिलो पटक चर्चामा रहेका डनहरूकाविरुद्ध मुद्धा दायर गरेर सक्रियता बढाएको छ। नेपाल सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भन्दा असिमित अधिकार विभागलाई दिएको भएपनि विभाग सुस्त बनेको थियो।
सुद्धीकरण ऐन कहिले बन्यो?
मन्त्रिपरिषद्ले गत ०६८ असार १ गतेको निर्णयानुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरको अनुसन्धान तथा तहकिकात गर्न सोही ऐनको दफा ११ को उप–दफा (१) को प्रयोजनको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापना गरेको हो। त्यसैगरी, सम्पत्ति शुद्धीकरणले वित्तीय पारदर्शिता, स्थायित्व र राष्ट्रको समग्र अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा समेत महत्वपूर्ण योगदान गर्ने भएकाले नेपाल सरकारले पाँच बर्षे सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनीति तथा कार्ययोजना (२०६८–२०७३) समेत जारी गरी सकेको अवस्था छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूर निवारण गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०६६ जारी गरिए पनि हालसम्स यसको प्रभावकारी रुपमा कार्यन्वयन भएको छैन्।
विभागको क्षेत्राधिकार के–के छ?
आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानीलाई निरुत्साही गर्नु, लागूऔषध कारोवारबाट आर्जन गरेको सम्पत्ति छानविन गरी कारवाही गर्नु, भ्रष्टाचारविरुद्धको कारवाही,अवैध हातहतियारको कारोवारीबाट कमाएको अवैध सम्पत्ति जफत गरी कानुनी दायरामा ल्याउनु, मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी गरी कमाउने विरुद्ध कारवाही गर्नु तथा सीमा तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरण, फिरौती, चोरी र डकैती (पाइरेसी), राजश्व छली र कुनै पनि गैरकानूनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्यविरुद्ध छानविन गरी सम्पत्ति जफत गर्नेसम्मको अधिकार सम्पत्ति शुद्धीकरण विभागलाई दिइएको छ।
— रोशन पाण्डे
No comments:
Post a Comment