काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्र थापा प्रकरणलाई भित्रभित्रै राजनीतिकरण गर्ने अभियानमा कांग्रेस–एमाले र कथित मानवअधिकारकर्मीहरू गोप्य मोर्चाबन्दीमा लागेका छन् । विस्तृत शान्ति सम्झौता अनुसार जनयुद्धकालीन घटनाहरूको व्यवस्थापन गर्न भन्दै सरकारले जारी गरेको अध्यादेश रोक्न राष्ट्रपति रामवरण यादवलाई दबाब दिने र माओवादी नेता/कार्यकर्ताविरुद्ध मानवअधिकार हननको मुद्दा चलाउन उनीहरूले डलर भित्र्याएका छन् । पत्रकार थापाको परिवारले न्याय पाउनुपर्ने कुरा त छँदै छ तर, यसैलाई ‘कभर’ बनाएर युद्ध अपराधको आरोप
डलरको खेती गर्ने कनकमणि दीक्षितदेखि विदेशी पैसाको बलमा माओवादीविरुद्ध अभियान चलाएकी, एमाले कार्यकर्ता, संस्थामा भ्रष्टाचार गरेपछि जिल्ला प्रशासनमा हाजिर लाउन गएकी र भ्रष्टाचार लुकाउन केही महिना विदेश भागेर हालसालै मात्र देश फर्के
हत्यामा माओवादीलाई दोषी देखाउन र यसै निहुँमा शान्ति प्रक्रिया भाँड्न उद्यत कांग्रेस–एमालेका दक्षिणपन्थी तप्का र डलरको खेती गर्ने कथित मानवअधिकारवादीहरू एउटै मोर्चामा उभिएका छन् । तर, विगतमा मानवअधिकारको चरम हनन गर्ने शेरबहादुर देउवा, माधवकुमार नेपाल, केपी ओली, वामदेव गौतमदेखि भ्रष्टाचारी ठहर भएपछि जेल परेका खुमबहादुर खड्का र जेपी गुप्ताबारे उनीहरूको रहस्यमय मौनता छ ।
त्यसबेलाको मन्त्रिपरिषद्को प्रस्तावमा ‘सुराकी दिने वा नियन्त्रणमा लिई सुरक्षाकर्मीलाई बुझाउने व्यक्तिलाई’ पुरस्कार दिने भनिए तापनि सोही साता गोरखापत्रमा छापिएको समाचारमा गृह मन्त्रालयलाई उद्धृत गर्दै ‘मृत वा जीवित रूपमा बुझाउनेलाई’ भन्ने उल्लेख गरिएको छ । त्यसैबेला तत्कालीन गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले रिपोटर्स क्लबमा सरकारी निर्णयको व्याख्या गर्दै ‘झोलामा टाउको ल्याउनोस् र पैसा लैजानोस’ भन्ने अभिव्यक्ति दिएका थिए । तर, ०४७ को संविधानले मृत्युदण्डलाई निषेध गरेका बेला सरकारले नै त्यसरी टाउको काट्नेलाई पुरस्कारको घोषणा गर्नु चरम प्रकारको मानवअधिकार उल्लंघन भए पनि यसबारेमा हालसम्म कांग्रेस-एमालेको सेवा
०५९ साल वैशाख १० गते गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘टाउको काट्ने र पुरस्कार लैजाने निर्णय गरे पनि अहिलेसम्म कुनै मानवअधिकारवादीले प्रश्न उठाएका छैनन् । त्यसबेला गृह मन्त्रालयले माओवादी नेताका टाउकाका लागि गरेको खर्च ‘गोप्य राख्ने’ निर्णय गरेर त्यसमा कति भ्रष्टाचार गरियो । तर, यो कुरा पनि अहिलेसम्म कतैबाट खुलासा गरिएको छैन । हाल प्रधानमन्त्री पदमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष प्रचण्ड, मोहन वैद्यलाई पक्रन सुराकी दिने वा मृत वा जीवित बुझाउने व्यक्तिलाई त्यसबेला गृह मन्त्रालयले ५० लाख रूपैयाँ दिने घोषणा गरेको थियो । तीनै नेतालाई ‘आतंककारीका मुख्य नाइके’ दर्जा दिइएको थियो । गृह मन्त्रालयबाट ‘आतंककारीकाका नाइके’ दर्जा पाउनेहरूमा पोष्टबहादुर बोगटी, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, सीपी गजुरेल थिए । उनीहरू र उनीहरूको स्तरका नेताको टाउकाको मोल ३५ लाख निर्धारण गरिएको थियो ।
गृहको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय नं ‘ङ’ मा भनिएको थियो– ‘उपरोक्त आर्थिक पुरस्कारका अतिरिक्त उक्त कार्य गर्ने व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, रोजगारीको व्यवस्था गर्ने र आर्थिक स्रोत गोप्य राख्ने’ नेपाल सरकारले गर्ने कुनै पनि आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र जनताले त्यसको सूचना पाउने हक रहनेमा सरकारी कोषबाट यस्तो ‘आर्थिक पुरस्कारका नाममा कसले कति रकम कुम्ल्याए भन्ने बारेमा अहिलेसम्म न अख्तियारले खोजेको छ, न त कुनै वकिल वा मानवअधिकावादीले नै कुनै माग गरेका छन् । गृहको सोही प्रस्तावमा ‘छ’ नं बुँदामा अर्थ मन्त्रालयले गृह मन्त्रालयका नाममा ‘गोप्य पुरस्कारका लागि आवश्यक रकम निकासा दिने उल्लेख थियो ।
कुर्सीमा बसेका गौतमले भनेका थिए, ‘आतंककारीलाई म छाड्दिन, एक–एक गरेर सिध्याइदिन्छु ।’ पछि हरेकजसो संकटकालमा एमालेले कांग्रेसलाई साथ दिँदै आएको थियो । ‘माओवादी सक्नुपर्छ यसका लागि हाम्रो साथ र सहयोग रहन्छ’ एमाले नेताहरूले कहिले गिरिजाप्रसाद कोइरालालाई त कहिले शेरबहादुर देउवालाई भनिरहन्थे ।
No comments:
Post a Comment